नायिका प्रियंका गायिका पनि

priyankaनेपाली वेभ सम्वाददाता
काठमाडौं । केही महिना अगाडि प्रदर्शनमा आएको फिल्म ‘आवरण’को टाइटल गीत निकै चर्चामा थियो । सो गीतकी गायिका थिइन् नायिका प्रियंका कार्की । नायिका प्रियंका जति सुन्दर छिन् त्यति उनको स्वर पनि मिठो छ भन्ने प्रमाण पछिल्लो पटक प्रदशनमा आएको चलचित्र आवरणको टाइटल गीतको लोकप्रियताले बताएको छ । सानैदेखि गायनमा रुचि राख्ने नायिका प्रियंका पढाइ र फिल्म क्षेत्रको व्यस्तताले पनि निरन्तरता दिन नसकेको स्वीकाछिन् । प्रियंकाको परिचय अभिनेत्रीमा मात्र सीमित नभई गायिकामा पनि बदलिएको छ । आवरणमा छोपिएको सत्य बोलको गीत गाउँदै गायिका बनेकी प्रियंकाले आफ्नै स्वरमा एउटा सोलो एल्बम निकाल्ने तयारी गरिरहेकी छन् । जसमा ८ वटा गीत समाबेश हुने बुझिएको छ । ‘आवरणको गीतले हौसिएकी प्रियंकाले हालै रेन्ज स्टुडियोमा स्वतन्त्र बोलको गीत रेकर्ड गराइन् । प्रियंका भन्छिन्, ‘आफूसँग भएका हरेक इच्छा पूरा गर्नुपर्छ, तर मेहनत र इमान्दारीताका साथ ।’ हुन् त प्रियंकाले अभिनयसँगै कोरियोग्राफीसमेत गरिरहेकी छन् । डेब्यु फिल्म मेरो बेस्ट फ्रेरेण्डमा एक गीतमा र पुन्टे परेडको कक्टेल जवानी बोलको गीतमा आफैंले कोरियोग्राफी गरेकी प्रियंकाले प्रदर्शनका लागि तयार भइसकेको मिसन पैसा रिलोडेडको दुईवटा गीतमा पनि उनले कोरियोग्राफ गरेकी छन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News