पवनकलीको चर्चा अमेरिकामा पनि..

पवनकलीको चर्चा अमेरिकामा पनि..
नेपालका धेरै चचित अनुहारहरू अमेरिकामा भेटिन्छिन्। जसमध्ये एउटा चर्चित अनुहार हो ‘पवनकली’ अर्थात माम्पी घोष। कान्तिपुर टेलिभिजनबाट आउने टेलिभिजन शो पवनकली सञ्चालिका माम्पी घोष यतिखेर अमेरिकामा छन् उनलाई चिन्नेहरु कलाकार मात्र होइन, फोटो जेनिक पात्र, सफल उद्घोषिका, संचारकर्मीका रुपमा पनि चिन्छन्।
सन २०१० को मे महिनामा पहिलो पटक उनी अमेरिका पुगेकी थिइन्। त्यो वेला जम्मा ७ दिन अमेरिका बसेकी उनी दोस्रो पटक सन् २०१० को सेप्टेम्वरमा अमेरिका पुगिन्। तर,यसपाली आफ्नो करियरलाई फरक ढंगले अगाडि बढाउने सोचिन्। त्यसपछि उनी न्युयोर्कस्थित म्यानहाटनको करिअर इन्सिच्युटमा प्यारालिगल विषय अध्ययन गर्न थालिन्। ‘रगतमा कलाकारिता र सञ्चारकारीता बगीरहेको भएपनि कार्यगत परिचय फेरीएको छ,’ उनले भनिन्।
न्युयोर्कस्थित कानुन व्यवसायी डिल्ली भट्टको ल फर्ममा कानुनी सल्लाहाकारको रूपमा ब्यस्त रहने माम्पी भन्छिन् ‘मलाई माया गर्ने धेरै दर्शकहरुले मलाई पवनकली भनेर चिनेपनि कामको प्रकृति फेरीएका कारण म आजकल पवनकली छैन तर, कुनै नयाँ रुपमा दर्शकहरुमा आउने सोचिरहेकी छुँ।'
हिट्स एफ एम, रेडियो नेपाल, रेडियो अडियो र कान्तिपुर टेलिभिजनमा समेत चर्चा कमाएकी पवनकलीको अमेरिका पुगेपछिको दैनिकी भने फेरीएको छ। ‘अब पहिलेको जस्तो सञ्चारकर्मी होइन, त्यसैले दैनिकी त फेरीन्छ नै। मैले चाहेको विषय पढन पाएकी छुँ त्यसैमा खुसी लाग्छ।’
आधा दर्जन बढि भाषा वोल्ने उनी अहिले प्यारालिगल अध्ययनको क्रममा साउथ एसियनदेखि अमेरिकन समाजमा निकै घुलमिल छिन्। कामकै सिलसिलामा उनलाई यहाँ आयोजना हुने नेपाली कार्यक्रममा उदघोषिकादेखि विभिन्न सोसाईटीका फेसनमा मोडलका रुपमा पनि देख्न पाइन्छ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News