क्लासिकमा दृष्टिविहिन आर्यन–नम्रताको प्रेमकथा

काठमाडौं । वर्ष २०७१ को हिटमध्येको एक फिल्म ‘नोभेम्बर रेन’ निर्माण युनिटले दोस्रो फिल्म ‘क्लासिक’ निर्माणको घोषणा गरेको छ । अभिनेता आर्यन सिग्देलको व्यानर आर्यन सिग्देल इन्टरटेनमेन्ट र निर्माता सुवास गिरीको व्यानर सुवास इन्टरटेनेमन्टले संयुक्त रुपमा फिल्म बनाउन लागेको हो । फिल्मका निर्देशकमा ‘नोभेम्बर रेन’ कै दिनेश राउत दोहोरिएका छन्।
Namrata and Aaryan
नयाँवर्षको पूर्वसन्ध्यामा राजधानीमा आयोजित कार्यक्रममा फिल्मको घोषणा गर्दै आर्यन र नम्रता श्रेष्ठको प्रेमकथा फिल्ममा हुने जानकारी दिइयो । निर्देशक राउतका अनुसार दृष्टिविहिन दुई युवायुवती समय(आर्यन) र दृष्टि(नम्रता)को प्रेमकथा फिल्ममा हुनेछ । यसको छायांकन वैशाख १५ बाट हुनेछ भने लोकेसन काठमाडौं र पोखरा तय भएको छ।
कार्यक्रममा आर्यनले अघिल्लो फिल्म जस्तै ‘क्लासिक’ पनि उत्कृष्ठ बन्ने दाबी गरे भने नम्रताले नयाँ कथामा अभिनय गर्न उत्सुक रहेको जनाईन् । निर्माता सुवासले फिल्मले दृष्टिविहिनको कथा प्रस्तुत गर्ने भएकाले फिल्मले सफलता हात पारे पनि नपारे पनि दृष्टिविहिन विद्यार्थीहरुलाई आफुले सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा उनले आफ्नो व्यानरको तर्फबाट सिन्धुलीको कमला बहुमुखी क्याम्पसलाई एक लाख रुपैंयाँको चेक हस्तान्तरण गरेका थिए । त्यस्तै सुवास ह्युमन रिसर्चबाट दुई महिना अघि मलेशियामा निधन भएका दुई नेपाली कामदारका परिवारलाई जनही डेढ लाख प्रदान गरिएको थियो।
Nepali Movie Classicमाघ २९ गते सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा समुना केसी, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, पल शाह, शिशिर राना मुख्य भूमिका छन् । ताराप्रकाश लिम्बुको संगीत रहने फिल्ममा डा. कृष्णहरि बराल, दिनेश राउत र दयाराम पाण्डेको शब्द रहनेछ भने यूवराज चौलागाई, मेलिना राईले गीतमा स्वर दिनेछन् । फिल्ममा हिमाल केसीको द्वन्द्व, नितिन चन्दको नृत्य, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन र राजेश श्रेष्ठको छायांकन रहने फिल्मका मिडिया कोओर्डिनेटर विजय आवाजले बताए।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News