रक्षा श्रेष्ठ अभिनेत्री/मोडल

रक्षा श्रेष्ठ अभिनेत्री/मोडल
प्रेम गर्न भनेर कसैको पछि लाग्नु मुर्खता हो । मैले अभिनय गरिरहेको हास्यश्रृंखला 'भद्रगोल'मा जसरी जिग्री मेरो पछि लागेको छ, त्यसरी पछि लाग्दा माया होइन, घृणाचाहिँ पाइन्छ ।
विशेष गरी महिला मित्रलाई असल मित्र बनेर देखाउनुहोस् । प्रभावित गर्न पहिले आफ्नो मन र व्यवहार असल हुनुपर्छ ।
फलानोसँग प्रेम गर्छु र उसैलाई पाउँछु भन्नु चलचित्रको कथामा मात्र सुहाउँछ । वास्तविकतामा जोसँग प्रेम गर्न खोजिएको हो, उसको मनोभाव एवं चाहना पनि बुझ्नु आवश्यक हुन्छ ।
प्रेममा परिसकेपछि पर्याप्त इमान्दारिता चाहिन्छ । इमान्दार रहन सकिएन भने सम्बन्ध बिग्रन बेर लाग्दैन ।
आफ्नो समस्या र आवश्यकताभन्दा पनि उसको समस्यामा बढी ध्यान दिँदा उसले पनि आफ्नो समस्या एवं आवश्यकतामा ध्यान दिन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News