2071 सालको उत्कृष्ट नायक र नायिका को को भए त? लौ पढ्नुस



silpa-namastefilmy
यो हप्ता प्रदर्शन आउन लागेका तिन चलचित्र बाहेक यो बर्ष २०७१ मा ७६ चलचित्र प्रदर्शनमा आएका छन् । तर कलाकारको रुपमा यो बर्ष खासै ठुलो प्रगति हुन सकेन ।सायद औलामा सजिलै गन्न सकिने चलचित्रले मात्रै आफ्नो लगानी फिर्ता गरेको अबस्थामा त्यति धेरै कलाकारले सफलताको स्वाद चाख्न भने सकेन ।
rekha anmolयो बर्ष नमस्ते फिल्मीले गरेको समिक्ष्यमा गत बर्ष जस्तै अभिनेत्री रेखा थापा नै नम्बर एकमा पर्न सकेकी छिन् । हुन् त् रेखाको अभिनय रहेको यो बर्ष प्रदर्शनमा आएको चलचित्र दमदार ब्यबसाहिक रुपमा असफल रहे पनि उनले निर्माण ,निर्देशन र अभिनय गरेको चलचित्र ‘हिम्मतवाली’ले उनको लगानी मात्रै उठाउन सफल भएन कि उल्टै केहि रकम फाइदा समेत दिलाउन पुगो ।त्यस्तै उनको अभिनय रहेको चलचित्र तथास्तु पनि रेखा थापाको अभिनयको कारणले केहि हद सम्म चले पनि चलचित्रले लगानी भने उठाउन सकेन ।
Rekha-mumbai3नायकमा भने यो बर्ष अनमोल के.सी नम्बर एकमा पर्न सफल भएका छन् ।उनको अभिनय रहेको चलचित्र जेरी पनि यो बर्षको सफल चलचित्रमा पर्छ । चलचित्र जेरी चल्नुमा मुख्य रुपमा चलचित्रका नायक अनमोल के.सी. रहेको देखिएको छ ।
jerry-anmol-kcयो बर्ष नायक आर्यन सिग्देलको पनि राम्रै रहन सफल भयो । उनको अभिनय रहेको ६ वटा चलचित्र प्रदर्शनमा आएका छन् भने जसमा लज्जाले लगानी उठाउन सफल भयो भने नोभेम्बर रेन र पुनर्जन्मले पनि राम्रै व्यसाय गर्न सफल रहयो तर नाइके , माला र अलबिदा भने ब्यबसाहिक रुपमा असफल रहे । नमस्ते फिल्मले नायक आर्यन सिग्देललाई भने अनमोल पछि द्रोस्रो सफल नायकको रुपमा राखेको छ ।
aaryanत्यस्तै गरि नायिकामा लज्जा बाट चलचित्र नगरीमा प्रवेश गरेकी शिल्पा पोखरेललाई द्रोस्रो स्थान रहेको छ ।चलचित्र लज्जा चल्नुमा मुख्य रुपमा शिल्पाको अभिनयले पनि लिएको छ ।
silpa-namastefilmy चलचित्र जेरी बाट फिल्मी नगरी छिरेकी नायिका अन्ना शर्मालाई पनि एउटा सम्भावना बोकिएको नायिकाको रुपमा देखिएकी छिन् ।
तर यो बर्ष केहि ठुला कलाकारलाई भने तेती राम्रो भएन गत बर्ष झोला चलचित्र अभिनय गरेर चर्चाको शिखरमा रहेकी नायिका गरिमा पन्तको अभिनय रहेको चलचित्र ठुलिको गीत बर्षको सफल चलचित्रको गीतमा गनिए पनि चलचित्रले भने खासै कमाल गर्न सकेन ।
JIwan_Luitel_HERO यसै गरि केहि समय देखि अमेरिका रहेको नायक जिबन लुइँटेलको यो बर्ष ४ वटा चलचित्र प्रदर्शनमा आए पनि केहि हद सम्म भुल भुलैयाले राहत दिए पनि शिशा,ठुली ,स्टुपिड मन उनले खासै सफलताको दिलाउन सकेन ।
priyanka -suntaliयो बर्ष नायिका प्रियंका कार्कीको सबै भन्दा बढी चलचित्र प्रदर्शनमा आए पनि कुनै पनि चलचित्र सफल हुन सकेन ।नायिका के.कि अधिकारीको चलचित्र पुनर्जन्मले छोडेर हेर्ने भने अरु कुनै पनि चलचित्र सफल भएन् ।नम्रता श्रेष्ठको नोभेम्बर रेन रमाई गरे पनि तेस पछिको ताण्डब,ईस्केप,सम्बोधन जस्ता चलचित्र न राम्रो सग असफल हुन पुगे ।।निशा अधिकारी ,सुमिना घिमिरे हर्शिका श्रेष्ठ लगायतका कलाकारको लागि बर्ष २०७१ तेती राम्रो हुन सकेन ।
Kabaddi-nepali-movie-Dayahang Raiत्यस्तै गरि दयाहंग राईको कबाडी र टलकजंग vs टुल्केले राम्रै ब्यबसाय गरे पनि अन्य चलचित्र भने सफल हुन सकेन् ।सौगात मल्लको अभिनयको तारिफ धेरै चलचित्रमा हुने गरे पनि उनको अभिनय रहेको चलचित्र भने ब्यबसाहिक रुपमा भने तेती सफल भएन् ।सम्भावना बोकेको नायकको रुपमा हेरिएक सयम पुरीको अभिनय रहेको पुन्टे परेड त् झन् न राम्रो सग असफल रहो भने राम्रो प्रतिक्रिया पाउदा पौडी पनि आभास तेती सफल हुन सकेन ।
sayam puriसलोन बस्नेतको अभिनय रहेका चलचित्र एउटा साथी र आभासमा उनको अभिनय सबैले मन पराए पनि चलचित्रले भने राम्रो गर्न सकेन ।अन्य थुप्रै नया कलाकार फिल्मी क्षेत्रमा आए पनि माथि नाम लिएका बाहेकले खासै ठुलो प्रभाब पर्न सकेन् भने अन्य पुराना कलाकारले पनि खासै राम्रो रहन सकेन यो बर्ष ।
salonनायक श्री कृष्ण श्रेष्ठको निधनले उनको अभिनय रहेको चलचित्र कोहिनुरले अहिले सम्मकै सबै ब्यबसाहिक रेकर्ड तोड्न सफल भए पनि हाम्ले उनले कुनै स्थान भन्दा पनि उनको चलचित्रमा चल्नुमा दर्शकको श्री प्रतिको सम्मानको रुपमा हेरक छौ ।
shreekrishna shrestha-in



Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News