‘नोभेम्बर रेन’ जोडी अब ‘क्लासिक’मा । पुजा गर्दै गीत रेकर्डिङ

बिग ब्यानरको रुपमा परिचित सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा नयाँ फिल्म निर्माण थालनी गरेको छ। सांगीतिक प्रेम कथामा निर्माण हुने भनिएको फिल्म को नाम ‘क्लासिक’ राखिएको छ।
Aryan Sigdel Namrata Shrestha
Aryan Sigdel, Namrata Shrestha
सोहि ब्यनरले एस अघि फिल्म ‘नोभेम्बर रेन’ निर्माण गरिसकेको छ। फिल्म को छायांकन बैशाख महिना वाट सुरु हुने बताईएको छ। फिल्मलाई ‘आइ एम सरी’ र ‘नोभेम्बर रेन’ जस्ता ब्यबसायिक फिल्म निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले निर्देशन गर्नेछन्। फिल्ममा ‘नोभेम्बर रेन’ जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ पुन: दोहोरिदै छन्। फिल्ममा आर्यन र नम्रतासंगै मुख्य भूमिकामा दयाहांग राई समेत रहने छन्। फिल्मको कथा पनि ‘नोभेम्बर रेन’ कै लेखक समेत रहेका छेतन गुरुङले लेखेका हुन्।

पुजा गर्दै गीत रेकर्डिङ

फिल्म ‘क्लासिक’को मंगलबार म्युजिक इन्सर्ट कार्य सम्पन्न भएको छ। राजधानीको सिनेजोन स्टुडियोमा संगीतकार ताराप्रकाश लिम्बुसहित निर्देशक दिनेश राउत,निर्माताद्वय सुवास गिरी र कमल गिरी,गायक युवराज चौलागाईं, गायिका मेलिना राई, सिनेम्यटोग्राफर राजेश श्रेष्ठ,एसोसियट निर्देशक विकास सुबेदी, एरेन्जर राजन इशान लगायतको टोलीले गणेश भगवानको पूजा गर्दै फिल्मको म्युजिक इन्सर्ट कार्य सम्पन्न गरेको हो।
फिल्मका संगीतकार ताराप्रकाश लिम्बु भने – “निकै नै उत्कृष्ट गीत सिर्जना भएका छन्, सांगीतिक पक्षले नोभेम्बर रेनबाट जुन सफलता प्राप्त भएको थियो,त्यो ‘क्लासिक’मा पनि दोहोर्याउन चाहन्छौ।”

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News