किन ज्योती मगरकै पछि लागिरहेछन संगीतप्रेमी ?

काठमाडौं । आजकल ज्योती मगरको नाम बिबादको पर्यायवाची जस्तै बनेको छ ।
उत्तेजक पहिरनमा लोक भाका गाउने यी गायिकाले आजकल ताली र गाली बराबरीजस्तै खाएकी छिन् । दर्शकबाट मान मात्र हैन, अपमान पनि उत्तिकै सहेकी छिन् ।
अपमान यस अर्थमा कि, उनले पछिल्लो एक बर्षको अबधिमा बिभिन्न स्टेज कार्यक्रममा पहिरनकै कारण तनाव बेहोर्नुपर्‍यो । भडकिलो पहिरन लगाएको भन्दै दर्शकले उनलाई स्टेजबाट निकाल्न चेतावनी दिए, कतिले कार्यक्रम नै बहिस्कार गरेर हिंडे ।
तर, ज्योतीले गाली मात्र हैन, तालि पनि खाइरहेकी छिन् । त्यही तालीको उर्जाले होला उनका बस्त्र झन् पछि झन् छोटा बन्दैछन, उनको भडकिलो स्वभाव घट्दो हैन, बढ्दो छ ।

उनका जति पनि गीत युट्युवमा अपलोड भएका छन, ती सवैमा दर्शकको उल्लेख्य उपस्थीति देखिन्छ ।
‘ज्योतीले नाङ्गो ज्यान देखाएर लोक गीत बिगारी’ भन्नेहरु पनि युटुब भित्र छिरेपछि ज्योतीका नाममा एक क्लिक गरिहाल्छन् । छोटो लुगा लगाई भनेर आलोचना गर्नेहरु समेत छोटो लुगामा ज्योतीको ज्यान हेरेर रमाउने गरेका छन् ।
ज्योति मगरको उपस्थिती रहेको कुनै पनि भिडियो एक लाख भन्दा बढी दर्शकले हेरेका छन् । ज्योती मगर र पशुपति शर्माको नयाँ भिडियोलाई एक हप्तामै दुईलाख ६४ हजारले हेरिसकेका छन् । ज्योतिकै अर्को भिडियो जिम्माल बाकी छोरी… त ६ लाख ५० हजारले हेरेका छन् ।
म्युजिक भिडियो मात्रै होईन उनको सामान्य स्टेज कार्यक्रमको भिडियो पनि लाख बढी दर्शकले हेरेको देखिन्छ । फागुपूणिर्माको अवसरमा काठमाडौमा भएको कार्यक्रममा ज्योतिको स्टेज कार्यक्रमको भिडियो १ लाख ६८ दर्शकले हेरिसकेका छन् ।
डेनमार्कमा भएको स्टेज कार्यक्रमको भिडियो हेर्ने पनि एक लाख सत्तरी हजारले हेरेका छन् । जबकी उक्त कार्यक्रममा ज्योतीले नाङ्गो ज्यान देखाई भनेर धेरैले आलोचना गरेका थिए ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News