नेपाल अफ्रिका चलचित्र महोत्सवमा ‘मसान र रंग बैजनी’

नेपाल अफ्रिका चलचित्र महोत्सवमा ‘मसान र रंग बैजनी’

rang-baijani-nepal-africa
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘कलेज अफ जर्नालिज्म एन्ड मास कम्यूनिकेशन’को आयोजनामा काठमाण्डौको रसियन कल्चर सेन्टरमा ‘पाँचौ नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने भएको छ । यो महोत्सवमा अफ्रिकाका विभिन्न २० वटा मुलुकका ५० वटा चलचित्र सहभागी छन् । जसबाट ८ वटा चलचित्र मात्र महोत्सवमा प्रदर्शन गरिनेछ । जसमध्ये नेपालका ‘मसान र रंग बैजनी’ परेका छन् ।
अफ्रिकी मुलुकका चर्चित कलाकार एवं चलचित्र निर्देशकको सहभागिता रहने उक्त महोत्सवमा अरु केहि नेपाली चलचित्रहरु पनि प्रदर्शन हुने आयोजक सस्थाले प्रेस विज्ञप्ती जारी गर्दै बताएको छ । तीन दिनसम्म काठमाडौंमा चल्ने उक्त महोत्सवमा नेपालीपन झल्कने खाल्का विभिन्न साँस्कृतिक कार्यक्रम पनि आयोजना हुने बताइएको छ ।
नेपालबाट छानिएका दुई चलचित्र मध्ये मसानलाई निर शाहले निर्देशन गरेका हुन् भने ‘रंग बैजनी’लाई शम्भु प्रधानले निर्देशन गरेका हुन् । ‘मसान’मा राजबल्लभ कोईराला, केकी अधिकारी, निता ढुंगाना सहितका कलाकारको अभिनय छ । ‘रंग बैजनी’मा गरिमा पन्त, दिक्पाल कार्की, सुमिना घिमिरेको त्रिकोणात्मक प्रेम कथा रहेको छ । यि दुवै चलचित्र नारी प्रधान हुन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News