श्रीकृष्ण नहुदाँ स्वेताको बिजोग,"हजूरबिना मलाई सन्चो भएन"-स्वेता

काठमाडौं: श्रीकृष्णको जन्‍मदिनको अवसरमा उनकी पत्‍नी अभिनेत्री श्‍वेता खड्काले सामाजिक सञ्‍जाल फेसबुकमा पत्र लेखेकी छ्न्। उनले पत्रमा श्रीकृष्णले साथ छोडेपछि आफ्‍ना लागि हरेक पल कठिन भएको बताएकी छन्।

उनले पत्रमा भनेकी छिन्, 'लामो समयको मेहेनत, माया नै मायाले भरिएको  विश्‍वास, हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन, आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको माया प्रेमलाई जुनीभरि संगै हास्ने खेल्ने बाचा-कसमका साथ बैबाहिक जीवनमा गास्न पुगियो। हजुरले म प्रति गरेको माया, विश्‍वास, साथ र त्याग म मेरो मन मष्‍तिष्कमा जीवनभरि बोकेर हिंड्नेछु र त्यही मायालाई एउटा मेरो जिउने आधार बनाउने छु।'


यस्तो छ श्रीकृष्णलाई श्‍वेताले लेखेको पत्र

यो जीवनमा हजुर र म शारिरिक रुपमा यति छोटो समयमा अलग हुन पर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईन। हजुरले बारम्बार भनेको कुरा - जीवनमा लेखेको कुरा जसरी पनि भएरै छाड्छ , अनेकौं कोशिस गरेपनि जन्मिदा लेखेर आएको कुरा कसैले मेट्न सक्दैन- हजुरले बोलेको कुरा प्रामाणित त गर्नुभयो तर मैले अझैपनि वास्तविक स्विकार्न सकेको छैन।

बिहान उठ्दा सबै कुराहरु ठिकै भएपनि दिनभरीको यात्रामा के के घटना घट्छ कसैलाई केहि थाहा नहुँदो रहेछ ,त्यो त मात्र रातपरेपछि थाहा हुने रहेछ अर्थात राती सुत्‍ने बेलामा सबै कुराहरु ठिकै भएर सुत्‍न गएपनि अचानक बिहान उठ्दा के हुन्छ , यो जीवनमा कसैले कहिल्यै ठोकुवा गरेर भन्‍न नसकिने रहेछ।लामो समयको मेहेनत, माया नै मायाले भरिएको विश्‍वास, हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन, आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको माया प्रेमलाई जुनिभरि संगै हास्‍ते खेल्ने बाचा कसमका साथ बैबाहिक जीवनमा गाँस्न पुगियो।

हजुरले म प्रति गरेको माया, विश्‍वास , साथ र त्याग म मेरो मन मष्‍तिष्कमा जीवनभरि बोकेर हिंड्नेछु र त्यहि मायालाई एउटा मेरो जिउने आधार बनाउने छु। मलाई पुरा विश्‍वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आशीर्वाद दिईरहनुहुनेछ। मेरो माया सधैभरि केवल हजुरलाई नै थियो र अबको बाँकी जीवनमा पनि हजुरकै नाममा रहिरहनेछ किनकि मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छ।

आजको यो महत्वपूर्ण दिन , हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान , मेरो जिन्दगी, मेरो ढुकढुकी हजुरलाई सम्झेर - केवल हामीले संगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छु।एकै छिनमा हास्न थाल्छु, छिनमै रुन अनि आत्तिन पुग्छु तर फेरि हिम्मत गरेर अघि बढ्ने अनेक कोशिस गरेको छु किनकि मलाई पुरा विश्‍वास छ हाम्रो माया सधै अमर रहिरहने छ र यो माया कहिल्यै घट्ने छैन केवल बढिरहने छ।

आज भन्दा पहिलाको जन्मदिनहरुमा म हजुर सामु उपहारहरु लिएर उपस्तित हुन्थे तर माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनु को सट्टा उल्टै हजुरसंग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थको भिक माग्ने आँट गरेको छु।

हेर्नुस न मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन, म रातदिन सुत्‍न परेको छ , मलाई सन्चो भएको छैन, मैले जति कोशिस गरेपनि म उठ्न सकेको छैन, प्लिज मलाई हजुरले शक्ति दिनुहोला, छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला, हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन , मलाई छिटो निको भएर हजुरको सारा योजना र सपना सफल बनाउने ठूलो इच्छा जागेको छ तर राम्रो संग आफ्नै शरीर सम्हाल्न सकेको छैन I

प्लिज मलाई साथ दिनुहोस र छिटै निको बनाएर अघि बढाईदिनुहोस यहि उपहार मागे मैले हजुरको यो जन्मदिनमा। हजुर जहाँ हुनुहुन्छ म सधैं हजुरको साथमा रहिरहने छु र केवल हजुरको नाममै बाँचि रहनेछु यहि छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको शुभकामना।

हामी दुवैले नचाहँदा नचाहँदै पनि आज भौगोलिक दृस्टीकोणले हामी टाढा हुन बाध्य भएपनि आत्मिय रुपमा हामी सधैंभरि नजिकै रहिरहने छौँ र म जीवनभरि हजुरको यादै यादमा बाँचि रहने छु .. यहि बचन छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको बचन कामना।


Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News