नायिकालाई नेताले तिरे तीन मिनेटको ७५ लाख
मुम्बई । प्रियंका चोपडाले एक अवार्ड कार्यक्रममा चार मिनेटको प्रस्तुतिका लागि १ करोड २५ लाख लिएको चर्चा सेलाउन नपाउँदै अर्की नायिकाको यस्तै खबर आएको छ ।पूर्व मिस श्रीलंका तथा बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डिजलाई उत्तर प्रदेश सरकारले तीन मिनेटका लागि ७५ लाख रुपैया तिरेको छ ।उनलाई उत्तर प्रदेशमा एक महोत्सवका दौरनज तीन मिनेटको प्रस्तुतिका लागि यति रकम खर्चिएको हो । महोत्सवमा आएका मन्त्री, सरकारी अधिकारी र व्यापारिक घरानाका व्यक्तिहरु सहभागी थिए ।
सोही कार्यक्रममा उनले सलमान खानको बचाउ गर्न पनि भ्याइन् । केही दिनअघि सम्पन्न श्रीलंकाको राष्ट्रपतिय निर्वाचनमा सलमानले महिन्दा राजापाक्षेका लागि भोट नमागेको र एक च्यारिटी शोमा भाग लिन गएको बताईन् ।राजापाक्षेलाई भोट मागेको भन्दै सलमानको घर बाहिर भारतका तमिल समुदायमा मानिसहरुले प्रदर्शन नै गरेका थिए ।