दीपिका पादुकोणलाई कंगना रनावतको जवाफ

काठमाडौ, माघ ५ - यसै साता भारतमा दुई फिल्म अवार्ड भए । सन् २०१४ महिलाप्रधान फिल्मको वर्चस्व रह्यो । गएको वर्ष बलिउडमा नायिकाहरू शक्तिशाली बनेर देखापरे । त्यसैले पनि अवार्डमा नायिकाविधाका लागि चर्को प्रतिस्पर्धा त हुने नै भयो । कटि्रना कैफ, दीपिका पादुकोणका फिल्म बक्सअफिसमा हिट भए भने कंगना रनावत, पि्रयंका चोपडा, आलिया भट्टलगायत भने अभिनयका कारण चर्चामा रहे । पि्रयंकाले 'मेरी कोम' बाट अभिनयमा तारिफ पाउँदा आलियाले 'हाइवे' बाट चञ्चले नायिकाबाट गम्भीर नायिकामा पनि आफूलाई सिद्ध गरिदिइन् । कंगना रनावत अभिनयका कारण सधैं चर्चामा रहने पहिलो नाम हो । भर्सटाइल अभिनेत्रीका रूपमा बढी चिनिने कंगनाले गएको वर्ष फिल्म 'क्विन' मा एक ग्रामीण महिलाको भूमिकालाई दुरुस्त उतारेकी छन् । फिल्मले ठीकठाक व्यापार गरे पनि कंगनाको अभिनयको भने जमेरै तारिफ भयो । त्यसपछि उनको 'रिभोल्बर रानी' बक्सअफिसमा डब्बा भए पनि कंगनाको एक्लो प्रयास भने तारिफयोग्य नै थियो । तर, उनले हालैका अवार्डमा भने त्यो तारिफ पाइनन् । लगालग भएका स्त्रिmन अवार्ड र स्टार गिल्ड अवार्ड दुवैमा उत्कृष्ट नायिकाको अवार्ड पि्रयंकाले 'मेरो कोम' बाट जितिन् । तर, चर्चा तब भयो, जब फिल्म 'ह्याप्पी न्यु इयर' नायिका दीपिकाले पपुलर च्वाइसको स्त्रिmन अवार्ड जित्दा त्यसलाई कंगनाका लागि समर्पण गरेको स्टेजबाटै बताइन् । 'म यो -अवार्ड) कंगनाप्रति समर्पण गर्न चाहन्छु किनभने मलाई 'क्विन' मा उनको पर्फर्मेन्स मन परेको थियो । र, यो वर्ष उनैका लागि हो ।' त्यसो त दीपिकाले 'क्विन' हेरेपछि नै कंगनाको पर्फर्मेन्सप्रति एकदमै इष्र्या जागेको र त्यसमा कंगनाले आउटस्टयान्डिङ काम गरेको बताएकी थिइन् । तिनै दीपिकाले अवार्ड समर्पण गरेको खबर कंगनाले पनि सुनिन् । 'हो, अवार्ड मप्रति समर्पित गरेको कुरा मैले सुनें । तर, मलाई आशा छ, कुनै दिन उनले व्यक्तिगत रूपमा मेरो कामबारे साँचो कुरा भन्नेछिन् । त्यसलाई मैले अरू कुराभन्दा बढी महत्त्व र सम्मान दिनेछु ।' यसअघि अक्षय कुमारले पनि आफूले पाएको अवार्ड आमिर खानप्रति समर्पण गरेका थिए । जसरी आमिर यस्ता अवार्ड समारोहलाई वाहियात मान्दै सरिक हुँदैनन्, त्यसैगरी कंगना पनि अवार्डमा जाँदिनन् । फिल्म 'फेसन' मै आफूले पाउनुपर्ने अवार्ड पि्रयंका चोपडालाई दिइएको भन्दै त्यसबेलै उनले टिप्पणी गरेकी थिइन् । 'फेसन' मा पि्रयंकाले अभिनेत्रीमा अवार्ड पाउँदा उनलाई सहअभिनेत्रीका लागि फिल्मफेयर अवार्ड दिइएको थियो । पछि उनले सोही फिल्मबाट सहअभिनेत्रीमा नै राष्ट्रिय अवार्ड थापेकी थिइन् । डेब्यु फिल्म 'ग्याङस्टार' बाट भने उनले डेब्यु नायिकाको फिल्मफेयर अवार्ड जितेकी थिइन् । 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News