सवै भन्दा ठूलो बाढी तथा भिषण वर्षा, २० जनाको लाश भेटियो ५७ जना अझैं वेपत्ता

  साउन-३०, सुर्खेत ।अविरल बर्षाका कारण सुर्खेत उपत्यका जलमग्न भएको छ । उपत्यका भएर बग्ने तीन वटा ठूला खोला र साना खोलाको पानी जम्मा हुँदा उपत्यकाको तल्लो भाग जलमग्न भएको हो ।


सुर्खेत उपत्यकाका खोला किनारमा बस्ने सयौं घरपरिवार विस्थापित भएर नजिकैको विद्यालयमा आश्रम लिइरहेका छन् भने जलमग्न हुँदा घरको छतमा रहेका नागरिकहरुलाई उद्धार गरिएको छ । सयौं घर बगाउनुका साथै निकास नहुँदा जलमग्न भएको पानीले हजारौं विगाह जमिनमा लगाइएको धानबाली नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र आम नागरिकको सक्रियतामा करिव १५ घण्टापछि घरको छत र रुखमा बसेका नागरिकहरुको उद्धार गरिएको थियो । सुर्खेतमा ५१ बर्षपछिको सबैभन्दा बढि बर्षात भएको जनाइएको छ । सन् १९६३ जुलाई २१ मा सुर्खेतमा ३ सय ७३ मिलिमीटर बर्षा भएको थियो भने यसपटक ४ सय २३ दशमलब १ मिलिमिटर बर्षात भएको मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले जनाएको छ ।

भारीबर्षाका कारण पश्चिम नेपालको सबैभन्दा बढि क्षति सुर्खेतमा भएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार हालसम्म बाढिमा परी २० जनाको मृत्यु भएको छ भने ५७ जना बेपत्ता भएका छन् । उद्धारमा खटिएको प्रहरी प्रशासनले शुक्रबार साँझ ६:३० बजेसम्म २० जनाको लास भेटिएको र ५७ जना बेपत्ता भएको जानकारी दिएको छ । बाढीमा परी साटाखानीमा २ जना, साहारेमा १ जना, वीरेन्द्रनगरमा ९ जना, तरंगामा ३ जना, तातापानीमा २ जना गरी २० जनाको लास भेटिएको प्रहरी उपरिक्षक प्रकाश अधिकारीले जानकारी दिए । उद्धारको काम जारी रहेको बताउँदै उपरिक्षक अधिकारीले साँझ ९ बजे सम्म पूर्ण रुपमा मृतकको विवरण जानकारी गराउन सकिने बताए ।

बाढिका कारण सैयौ घरहरु डुवानमा पर्नुका साथै दजनौं घरहरु बाढिले बगाएको छ भने करोडौंको धनमाल क्षति भएको छ । सायौंको संख्यामा सुर्खेतबासी नागरिकहरु घरवारहिन भएका छन् । अबिरल बर्षासंगै आएको बाढिका कारण सुर्खेत उपत्यकाको वीरेन्द्रनगर नगरपालिका सहित उतरगंङगा, लाटीकोईली र उपत्यका बाहिर लेखपराजुल, हरिहरपुर, घाटगाँउ, तातापानी, धारापानी गाविसमा सबैभन्दा बढि धनजनको क्षति भएको छ । वीरेन्द्रनगरमा रहेको पिपिरा खोला, खोर्के खोला, इत्राम खोलाले सयौं नागरिकहरु विस्थापित भएका हुन् । खोलाको किनारमा बसोबास गर्ने नागरिकहरु घर, सम्पत्ति खोलाले बगाएपछि सामूहिक रुपमा विद्यालयमा वस्न थालेका छन् ।

वीरेन्द्रनगर–११ का स्थानीय अगुवा पूर्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार इत्राम, पिपिरा खोलाबाट विस्थापित बनेका करिव तीन सय बढी परिवारलाई सरस्वति प्राथमिक विद्यालय, हस्तविर प्राथमिक विद्यालय र अमरज्योति नमूना उच्च माविमा राखिएको छ । त्यसैगरी खोर्के खोलाबाट विस्थापित भएका सयौं परिवारलाई भैरव उच्च माध्यमिक विद्यालयमा राखिएको छ ।
  हरिहरपुर गाविसको वडा नं. ५, ६ र ७ नं. मा १ सय ५० घरहरु बाढिले बगाएको छ भने ७ जना बेपत्ता भएका छन् । गाविस सचिव केशरबहादुर डांगीका अनुसार भेरी नदीका २ ओटा झोलुङगे पुलहरु बगाएको छ । बिजयस्वरी उच्च मावि सहित ३ वटा स्कुल र एउटा वालविकास केन्द्र बाढिले बगाएको छ । यस्तै तातापानी गाविसमा १० घर बाढिले बगाएको छ भने वडा नं. ६ मा १७ जना, ७ मा ७ जना र ९ मा ४ जना गरी २८ जना बेपत्ता भएको र २ जनाको शव फेला परेको गाविस सचिव ओमप्रकाश चपाईले जानकारी दिए ।

त्यस्तै धारापानी ४ मा बाढिका कारण स्थानीय ७ जनाको घर उच्च जोखीममा रहेका छन भने २२ रोपनी भन्दा बढि जग्गा बगाउनुका साथै ४० रोपनी क्षेत्रफलमा लगाएको अन्नबालीमा क्षति पुगेको स्थानीय गङग बहादुर ओलीले जानकारी दिएका छन् । यता सुर्खेतको मैनतडा ४ मा समेत बाढीले स्थानीयका ६ घर उच्च जोखीममा परेका छन भने ६ ओटा पशुचौपाय बगाएको छ ।

त्यसैगरी सहारे ८ मा बाढिका कारण स्थानीय कबिराम थापा सहित ७ जनाको घरमा क्षति पुगेको छ भने बाढिका कारण स्थानीय ३ जनाका घर जोखीममा रहेको शिक्षक लालबहादुर डिसीले जानकारी दिए । त्यस्तै लेखपराजुल गाविसको घुमाउने टोलमा आएको बाढीले स्थानीय ७ जनाको घर बगाएको छ भने १२ गोरु, ६ गाई, ३४ बाख्रा, बगाएको स्थानीयबासी कर्णबहादुर बुढाले जानकारी दिए । बाढी प्रभावित जिल्लाका अधिकाश स्थानहरुमा जिल्लाबाट राहात र उद्धारकालागी कुनैपनि पहल नभएको स्थानीयबासीन्दाहरुले गुनासो गरेका छन् । प्रशासनसंग पटक÷पटक आग्रह गर्दापनि जिल्लाका अधिकाश स्थानहरुमा उद्धार टोली पुग्न नक्दा ठुलो धनजनको क्षति भएको स्थानीयको भनाई छ ।

यता जिल्ला प्रशासन कार्यालयले भने बर्षाका कारण सडक अबरुद्ध हुँदा समयमै प्रभावित स्थानमा उद्धारकालागी पुग्न नसकिएको जनाएको छ ।


लगातार परेको वर्षा संगै आएको बाढी पहिरोबाट १५ जनाको मृत्यु, ५७ जना बेपत्ता

 साउन-३०, कालिकोट । हिजो देखि लगातार परेको मुसलधारे वर्षा संगै आएको बाढीले हिजो राती सुर्खेतमा १५ जनाको ज्यान लिएको छ भने ५७ जना वेपत्ता भएका छन् । दुईसय भन्दा बढी विस्तापित भएको सुर्खेतबाट सहकर्मी जीवन शाहीले बताउनु भएको छ । ज्यान गुमाउनेको पहिचान हुन नसकेको वहाले बताउनु भयो ।

विरेन्द्रनगर–७, साताखानी–६, सहारे र मटेलामा एक एक जनाको ज्यान गएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतलाई उद्रित गर्दै शाहीले बताउनु भएको छ । बाबियाचौरका २४, तरंगा गाविका १७, र साताखानी गाविसका १६ जना मानिस वेपत्ता भएका छन् । मृतक र वेपत्ताको संख्या बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको वहाले बताउनु भयो ।

विरेन्द्रनगरको इत्राम र खोर्के खेलामा आएको बाढीले आसपासको वस्ती बगाएको छ भने भेरी र कर्नाली नदी आसपासका वस्ती पनि डुवानमा परेका छन् । सुर्खेतमा गएराती चार सय २३ मिलिलिटर पानी परेको जल तथा मौशम उपमहाशाखा सुर्खेतले बताएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगाएत स्थानीयवासी उद्दारमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भएको सहकर्मी शाहीले जनाउनु भएको छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News