रिवारिक र व्यवसायिक सम्बन्धमा फरक छ-सुव्रत आचार्य
होइन, विवाहअघि नै चलचित्र 'विजयपथ'मा नायिका भैसकेकी थिएँ ।
विजयपथका निर्देशक पनि हाल तपाईंकै श्रीमान् वसन्त निरौला होइनन् र ? चलचित्र बन्दाबन्दै प्रेमविवाह गरेको हो ?
हामी पहिलेदेखि नै असल मित्र थियौं । चलचित्र बन्ने क्रममा विवाह गर्ने निधो गरियो । त्यसपछि घर सल्लाह गरेर मागी विवाह गरेका हौं ।
श्रीमानबाहेक अरूका चलचित्रमा त काम गर्नुभएको छैन नि ?
एउटामा काम गरेकी छु । विजयपथ, राजनीति र आवेग तीनवटामा उहाँको निर्देशन थियो भने हालै एउटा चलचित्र छेस्कोमा काम गरेकी छु, जसका निर्देशक सुरेश थापा हुनुहुन्छ ।
विजयपथ र राजनीतिले तपाईंको करियरमा कत्तिको फाइदा पुर्यायो ?
मानिसहरूले चिन्न थालेका छन् । फागुन ८ मा आवेग आएपछि मेरो करियरले उचाइ लिने विश्वास छ ।
श्रीमानको निर्देशनमा अरू पुरुषसँग रोमान्स गर्दा अप्ठेरो लाग्दैन ?
घरमा हामी श्रीमान्-श्रीमती भए पनि सेटमा म उहाँकी चलचित्रकी कलाकार मात्र हुन्छु र उहाँ मेरो निर्देशक । पारिवारिक र व्यवसायिक सम्बन्धमा यही त फरक छ ।
तैपनि रोमान्टिक दृश्यमा उहाँले हेरिरहँदा गाह्रो त हुन्छ होला नि ?
अँगालोमा कसिने दृश्य छ भने मैले अप्ठेरो मान्दा उहाँ कराएर अझै मुडमा आउ भन्नुहुन्छ ।
तपाईंसँग रोमान्टिक दृश्य गर्ने नायकलाई तपाईंकै श्रीमान्का अगाडि त्यस्तो अभिनय गर्न त लाज लाग्छ होला नि !
अप्ठेरो माने जस्तो लाग्यो भने उहाँले सम्झाउनु हुन्छ । फेरी त्यो मात्र अभिनय त हो ।
काम गर्न मन लागेका तीन निर्देशक ?
निश्चल बस्नेत, रमेश बुढाथोकी र सुव्रत आचार्य ।
कुन नायकसँग केमेस्ट्री बनाउने धोको छ ?
आर्यन सिग्देल, आवेगमा पनि उहाँ नै हुनुहुन्छ ।
जान्नैपर्ने तर नजानेको काम ?
गाडी हाँक्न, तर ०७२ सम्ममा सिकिसक्छु ।
श्रीमान्को मन नपर्ने बानी ?
झनक्क रिसाउने, तर मेरो रिस उहाँको भन्दा कडा छ । म रिसाउँदा उहाँ तुरुन्तै शान्त भैहाल्नुहुन्छ । मेरो रिस हत्तपत्त कम हुँदैन ।