अभिनेत्री रेखा थापाले चाडै किसान सम्वन्धि ‘हलो’ चलचित्र बनाउने
अभिनेत्री रेखा थापाले चाडै किसान सम्वन्धि ‘हलो’ चलचित्र बनाउने
मनोज श्रेष्ठ
‘रेखा थापाले हलो बोकिरहेको पोस्टर चाँडै देख्न पाउनुहुनेछ’, नेपालकी चर्चित अभिनेत्री रेखा थापाले यो संवददातासंग भनिन्, ‘हामी जन्मिदै किसान हौ, तर हामी किसानी गरेर खान लजाऔछौं ।’ सानो हुदा मोरङस्थित आफ्नो घरमा भएको करेसावारीमा प्रसस्त तरकारी उब्जनी गरेको सम्झदै उनले भनिन्, ‘आफैले खनजोत नगरेपनि सामान्य तरकारी वालीवारे राम्रो ज्ञान छ ।’
साग, काक्रा, सिबी, धनिया, करेला, बकुल्ला, लसुन, प्याज जस्ता थुप्रै तरकारी आफ्नै वारीमा उब्ज्याउने गरेको उनले वताइन । अहिले तरकारी वालीमा विषादीको प्रयोगवारे थुप्रै नराम्रा कुराहरु आएका छन्, यस्तो समाचार सुन्दा रेखालाई साह्रै नरमाइलो लाग्ने वताउछिन । गाउँमा विषादी हालेर फलाउने तरकारी उनीहरुकै छोराछोरीले सहरमा किनेर खान्छन् । ‘प्रत्यक्ष नभएपनि अप्रत्यक्ष रुपमा आफ्नै छोराछोरीलाई हामीले विष खुवाइरहेका छौ,’अभिनेत्री थापाले भभिनन्, ‘हामीले पैसाको लागि मात्रै यस्तो काम गर्नु हुदैन । स्वच्छ समाज निर्माणकोलागि पनि अलिकति इमानदारिता पनि चाहिन्छ ।
अझ, उनलाई खाडी मुलुकमा जाने युवादेखि साह्रै दुःख लाग्छ । खाडीमा कमाउने पैसा नेपालमै वसेर पनि कमाउन सक्ने विकल्प उनी दिन्छिन । कम्तीमा डेढ लाख रुपैया तिरेर विदेश जानुभन्दा त्यो लगानी आफ्नै गाउँघरमा भएको थारै जग्गामा लगानी गर्ने हो भने विदेशभन्दा तीन गुणा बढि कमाउन सकिने उनको तर्क छ । सरकारले यस्ता किसानलाई अनुदान पनि राम्रै दिने गरेको उनले वताइन । ‘मैले विदेशमा पलायन हुनुभन्दा आफ्नै देशमा काम गरेर खानुपर्छ भन्न खोज्दा अमेरिकामा मलाई गलत अर्थ लगाएका थिए’, उनी भन्छिन, ‘नेपालमै केहि गरी खान्छु भन्ने हो भने बाच्न गाह्रो छैन ।’
नेपालमा उत्पादन हुने प्राय ः सवै खाले फलफूल खान मन पर्ने उनी बताउछिन । धेरै मानिस यो मन परेन, त्यो मन परेन भन्छन तर आफुलाई सवै खाले खानेकुरा मन पर्छ । फिल्मको कामले व्यस्त भएपनि एक बर्ष पहिले कृषि क्षेत्रमै पनि कुनै काम गर्ने सोच भएपनि यो बर्ष त्यो योजना अलिक पछि परेको उनी वताउछिन ।
‘विशेषगरी महिलाले नै कृषिलाई राम्रो चिनेका हुन्छन । त्यै भएर महिलालाई घरैमा बसाउनुको सट्टा कृषि क्षेत्रमा लाग्ने प्रेरणा दिनुपर्छ ।’, अभिनेत्री थापाले भन्छिन्, ‘युवा सवै विदेश पलायन भएका छन्, त्यै भएर महिलालाई सानो सानो प्रोजेक्ट बनाएर पनि आत्मनिर्भर बनाउन सकिन्छ ।’ महिला प्रधान फिल्म बनाउदै आएकी रेखाले निकट भविष्यमै हलो नाम राखेर महिला र कृषि प्रधान फिल्म बनाउने अठोट पनि गरेकी छिन् । उनले पश्चिममा युवाको अभावमा महिलाले जोत्ने गरेको देखेकी र सुनेकी रहेछिन् । त्यसैमा आधार मानेर फिल्म बनाउने सोच बनाएकी छन् ।
अर्को कुरा, अहिले नेपालमा अर्गानिकका कुरा थुप्रै उठेका छन् । यसवारे उनको धारणा यस्तो छ, ‘अर्गानिक भनेर धेरै भनिन्छ, तर मलाई लाग्दैन साच्चैको अर्गानिक खानेकुरा मात्रै विक्री गरिन्छ भन्ने ।’ साच्चैको अर्गानिक उत्पान हामीले सुग्न नि पाउदैनौ । यहाँ त विषादी भएका मात्रै खान सकेका छौ ।’ उनी प्राय ः भाटभटेनीबाट तरकारी खरिद गर्छिन । भाटभटेनीमा पुरै अर्गानिक छन् जस्तो लाग्दैन उनलाई । वाध्यताले पनि त्यो खानै पर्ने उनको विवसता भएको बताउछिन् ।
कृषिमा अनुदानका कुरावारे अभिनेत्री थापाको भनाई यस्तो छ, ‘नेता, नातावाद, क्रिपावाद वाहिर अनुदान समेत जान पाएको छैन । बिबिसी साझा सवालमा पनि यसवारे थुप्रै कुरा थाहाँ पाइयो । यस्तो हुदा पनि सरकार चुप लागेर बसेको छ । यति मात्रै नभएर किसान आफै पनि जागरुक हुनुपर्छ ।’ नेपाली मेहनती र परिश्रमी त छन तर विदेशको हकमा मात्रै । यहाँ बुबाले बर्षमा १५ लाख कमाउछन्, तर उनका छोराछोरी बुबाआमालाई सगाउदैनन् । बरु खाडी तिर लाग्छन र बर्षमा दुई लाख मरेर कमाउने गरेको उनले देखेकी छन् ।