रणबीरले अब कट्रिनालाई भेट्न अभिषेकले रोक लगाएपछी...?

काठमाडौं, माघ १५ –  एजेन्सी,
 बलिउड फिल्म इन्डष्ट्रिका सबैभन्दा चर्चित जोडी रणबीर कपुर र कट्रिना कैफको प्रेममा बाधा आएको छ । उनीहरु बीचको प्रेममा अभिषेक बिचमा आएका छन् । अभिषेकले रणबीरलाई कट्रिनासँग भेट्न रोक लगाएका छन् ।

‘काई पो चे’ का फिल्म निर्देशक अभिषेक कपुरले आफ्नो नयाँ फिल्म ‘फितुर’ को सुटिङमा केही रोकावट नआओस् भन्नका लागि उनले रणबीरमाथि यस्तो रोक लगाएका हुन् । रिपोर्टका अनुसार अभिषेकले आफ्नो फिल्मका सबै सदस्यहरुलाई काममा केन्द्रित हुनको लागि आग्रह गर्दै विशेष रणबीरलाई कट्रिनासँग भेट नगर्न आग्रह गरेका छन् । उनले रणबीरलाई आग्रह गर्दै भने, ‘कश्मिरमा सुटिङ गरिरहेकी कट्रिनालाई भेटेर सुटिङको समय खर्च नगरिदिनुहोस् । ’

चाल्र्स डिकेन्सको किताब ‘ग्रेट एक्सपेक्टेसन’ मा आधारित फिल्म फितुरका लागि अभिषेक पहिलेदेखि नै कश्मिरमा छन् जहाँ उनले आदित्य राय कपुर र रेखाको सुटिङ पूरा गरिसकेका छन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News