अमेरिकामा स्वस्थानी पूजाको तेस्रो दिनको पूजा युलेस टेक्सास बसी द्वारा आयोजना । -
विकास राज न्यौपाने ,अमेरिका /जनवरी ६, मङ्गलवार । नेपालीहरूको बाक्लो बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा निर्मित नेपाली मन्दिरमा (नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्र NCSC भवन ) पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म श्री स्वस्थानी व्रत कथा भव्यताका साथ सञ्चालन भइरहेको छ । हरेक दिन बेग्ला बेग्लै समूहको प्रायोजन मा उत्साहका साथ कथा कीर्तन चलिरहेको छ ।
पहिलो दिनको आयोजक विजय राज भट्टराई हुनुहुन्थ्यो। दोस्रो दिनको कथा कीर्तनको आयोजक छवि चापागाईं हुनुहुन्थ्यो। यसै गरी आज मङ्गलवारको कथा कीर्तनको आयोजक यूलेसको तर्फबाट पूर्व नेपाली समाज टेक्सासका अध्यक्ष रामचन्द्र पोखरेल, हरि थापा, सबिता न्यौपाने लगाएत यूलेस बासीहरुको अगुवाइमा सम्पन्न भयो ।
साँझ ६ बजेबाट गुरु डा शेखर पण्डितले श्री स्वस्थानीको पूजा आरम्भ गरी ६:३० बजे बाट भक्तजन प्रमिला केसीबाट कथा वाचन सुरु गर्नुभयो। करिब आधा घण्टाको कथा वाचन पछि भजन कृतन तथा धार्मिक नृत्य हरि थापाको नेतृत्वमा करिब ८ बजे तिर कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। आज लगभग ५० - ६० जना भक्तजनहरुको उपस्थिति थियो। हरेक साँझ ६ बजे सुरु हुने स्वस्थानी पूजामा उपस्थित हुन पूजा समितिले सबैलाई हार्दिक आह्वान गरेको छ।