भ्यालेन्टाइन डेमा दर्जन बढि कलाकार भए ‘फिलिलि’
चलचित्र ‘रेशम फिलिलि’को यो युट्युवमा ५ लाखभन्दा बढि दर्शकले हेरिसकेका छन् । भ्यालेन्टाइन डेको अबसर पारेर यही लोकपि्रय गीतमा नेपालका दर्जन बढि कलाकारले आफ्नो फिलिलि प्रस्तुत गरेका छन् ।
बैशाख ११ गते रिलिज हुने यो फिल्मको प्रर्बद्धनका लागि निर्माण संस्थाले करिव एक दर्जन नाम चलेका कलाकारलाई अभिनय गराउँदै प्रर्बद्धनात्मक गीत सार्वजनिक गरेको छ ।
यो गीतमा पि्रयंका कार्की, केकी अधिकारी, नीता ढुंगाना, बेनिशा हमाल, नीशा अधिकारी, रीमा बिश्वकर्मा, पूर्व मिस नेपालहरु माल्भिका सुब्बा, सदिक्षा श्रेष्ठ र सृष्टि श्रेष्ठले गीतको फिलिलिसँगै बगेका छन् ।
यस्तै तक्मे बुढाको नामले चिनिने विल्सनबिक्रम राई, गायक निमा रुम्बा, जीवन लुइँटेल, कर्मा, बिनय श्रेष्ठ, निर्देशक निश्चल बस्नेत, फोटोग्राफर राजभाई सुवाल लगायतले यो चर्चित गीतमा आफुलाई फिलिलि बनाएका छन् ।
हेर्नुहोस् भिडियो