घुस लिँदा लिँदै प्रहरी सहायक निरीक्षक पक्राउ

Image Title


ज्ञानु गौतम, नेपालगन्ज, १९ माघ, बाँकेमा एक जना प्रहरी सहायक निरीक्षक घुस लिँदा लिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय अन्तर्गतको टोलीले बाँकेको बेतहनी–५ मा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक परवीर वैगारलाई घुस रकम लिँदा लिँदै कार्यलयबाटै पक्राउ गरेको हो । कुखुराको व्यापार गर्ने एक जना व्यापारीबाट आठ हजार रुपैया घुस लिँदै गर्दा अख्तिारको सम्पर्क कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको निमित्त क्षेत्रीय प्रमुख जंगबहादुर डागीले बताए । पक्राउ परेका वैगारमाथि थप अनुसन्धान भैरहेको डागीले जानकारी दिए ।
-

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News