कसको पोल्टामा पर्ला मिस प्लस टु गण्डकीको ताज ?

मिस प्लस टु गण्डकीका प्रतिस्पर्धीहरु |
मिस प्लस टु गण्डकीका प्रतिस्पर्धीहरु |
फागुन ५ गते उनीहरुको पर्खाई पुरा हुनेछ । र, प्राप्त गर्नेछन् सबैजनाले आ–आफ्नै मेहेनतको प्रतिफल । सुन्दरता सँगै बौद्धिकता स्तर बढाउन उनीहरुलाई आयोजक संस्थाले एक महिना यता प्रशिक्षण दिईरहेको छ । ग्राण्ड फिनालेकै छेकोमा आयोजकले शनिबार प्रतिस्पर्धीहरुको प्रतिभाको जाँच समेत गरेको छ । ‘सेल्फ ट्यालेन्ट राउन्ड’मा प्रतियोगीहरुले पनि आ–आफ्नो प्रतिभा देखाए ।
फच्र्यून इभेन्टसको आयोजनामा पहिलो पटक भइरहेको मिस प्लस टू गण्डकी हुन लागेको हो । प्रतियोगिताको कोरियोग्राफि सुरज थापामगरले हेरिरहेका छन् ।
ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले नृत्य, गायन, हाँस्य प्रहशन लगाएतका कलात्मक प्रस्तुती देखाएका थिए । ट्यालेन्ट राउण्डमा प्रतिस्पर्धीहरुको प्रस्तुतीलाई गायक तथा संगीतकार योगेश काजी बिसी, नृत्य निर्देशक राहुल थापामगर, क्वालीटी मल्टी ट्रेनिङ्गका प्रबन्ध निर्देशक कृष्ण राज पोखरेल र मिस तमुस्यो नेपाल २०६९ की सेकेन्ड रनरअप पारु गुरुङ लगाएतले निर्णायकको रुपमा जाँच गरेको थिए ।
प्रतिस्पर्धीहरुसँगै यतिबेला ईभेन्टलाई विशेष बनाउनका लागि आयोजक संस्था पनि तयारीमा जुटेको छ । ‘तयारी तिव्र पारेका छौँ ।’ कम्पनीका प्रबन्ध निर्देशक बिकेश रोहन शन प्रजुले भने–‘प्लस टु गण्डकी छनौटसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि हामीले त्यो दिन गर्नेछौँ ।’
मिस प्लस टू गण्डकी उपाधी विजेताले क्राउन सहित ३५ हजार रूपैयाँ नगद, म्युजिक भिडियो र कलेज अध्ययनको लागि छात्रवृती, फस्ट रनर अपले २५ हजार रुपैयाँ नगद, म्युजिक भिडियो र कलेज अध्ययनको लागि छात्रवृती र सेकेण्ड रनर अपले १५ हजार नगद रूपैया र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने र अन्य उपविद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक संस्थाकी सृजना मगर “प्रजु”ले जानकारी दिईन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News