सलमानको मुद्दामाथि फैसला हुनसक्ने

बलिउड अभिनेता सलमान खानमाथि लागेको कालो हरिण शिकारमा अवैध हतियार राखेको मुद्दाको फैसला आज हुन सक्ने बताईएको छ |फैसलाको अन्तिम तयारीमा रहेको मुद्दाको बिषयमा सलमान आफै अदालत उपस्थित हुन पनि अदालतले निर्देशन दिएको छ |
salman-khan
‘हम साथ साथ हें’को सुटिङको क्रममा सलामान लगायत अन्य केही कलाकारलाई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो ।‘अबैध हतियार राखेको र प्रदर्शन गरेको अभियोगमा बुधवार अदालतले फैसला सुनाउन सक्छ ।’सलमान अहिले राजकोटमा सुरज बडजात्याको चलचित्र ‘प्रेम रतन धन पायो’को सुटिङमा ब्यस्त छन् ।
सलमानले सन १९९८ अक्टोर १ वा २ तारिखमा कनकनी गाउँमा कालो हरिणको शिकार गरेका थिए भने हरिण शिकारमा प्रयोग गरिएको बन्दुकको लाईसेन्स थिएन । कालो हरिण शिकारको अभियोगमा तल्लो अदालतले सलमानलाई ५ वर्षको जेल सजाय सुनाएको थियो । तल्लो अदालतको निर्णय चित्त नबुझेपछि उनी हाईकोट गएका थिए । हाईकोर्टले पनि तल्लो अदालतकै निर्णय अनुसार कारवाही गर्न निर्देशन दिएको थियो ।

१२ अक्टोबर १९९८ मा सलमान प्रहरीको गिरफ्तारमा परेका थिए । १३ अक्टोवरमा जोधपुर जेलमै वन विभागका कर्मचारीले उनको बयान लिएका थिए । बयान क्यामेरामा कैद गरिएको थियो । बयानपछि १७ अक्टुबरमा उनी जेलवाट छुटेका थिए ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News