पेट पाल्न बाध्यताले गर्दा यौन व्यवसायमा लागेको महिलाहरुको गुनासो

पेट पाल्न बाध्यताले गर्दा यौन व्यवसायमा लागेको महिलाहरुको गुनासो

धनगढी । मुलुकमा कैयौं महिलाहरु आय आर्जन तथा जिविकोपार्जनकै लागि यौन व्यवसाय गर्दै आएका छन् । कतिपयले लुकिछिपी 

यौन व्यवसाय गरेका छन् भने कतिपयले आफूहरु यौन व्यवसायमा लागिरहेको बताउन पछि हट्दैनन् ।

यसै क्रममा धनगढीमा बादी समुदायहरु एकजुट भई आफूहरु बाध्यताले गर्दा यौन व्यवसायमा लागेको भन्दै जिविको

पार्जनका लागि प्याकेज ल्याइदिन सरकारसँग माग गरेका छन् । संचारिका समूहले बुधवार गरेको कार्यक्रममा बोल्दै बादी 

महिलाहरुले आफूहरु रहरले नभई कहरले यस पेशामा लागेको उल्लेख गरे ।

आफूहरुले लिएका बाबुबेगरका सन्तानलाई यस पेशामा संलग्न हुन नपरोस् भन्दै उनीहरुले आफूहरु यो पेशामा

 लागेर पनि सन्तानलाई शिक्षा दिइरहेको बताए । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि राज्यले आफूहरुलाई केही पनि गर्न नसकेको

उनीहरुले गुनासो गरे ।
यसअघि बादी समुदायसँग भएका सहमतिहरु तुरुन्त कार्यन्वयन गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । आफ्ना 

छोराछोरीहरुलाई छिमेकीहरुले बाबुबिनाको केटा÷केटी भनेर जिस्काउने गरेको भन्दै कार्यक्रममै केही वादी महिलाहरुले आँशु चुहाए ।

कार्यक्रममा कैलालीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्साल, जिशिअ गणेशबहादुर सिंह, प्रहरी उपरिक्षक विक्रम चन्दले 
वादीका समस्याप्रति सरकार संवेदनशिल हुनुपर्नेमा जोड दिए ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News