काठमाण्डौ ।
चैत्र १३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र भूल भूलैयाको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायिका नीता ढुंगाना, जीवन लुइँटेल र सोहित मानन्धर बीचको प्रेमलाई देखाइएको छ । ट्रेलरले नायिकालाई दुई नायकबाटै धोका भएको बुझिएको छ ।

सार्वजनिक ट्रेलरले दर्शकलाई अझ चलचित्र प्रति उत्सुकता थप्ने निर्देशक योगेश घिमिरेले जानकारी दिए । दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल कार्की, मणिराज कार्की, सुरेश गौतमको लगानी छ । चलचित्रका कार्यकारी निर्माता निरज ढकाल हुन् ।
चलचित्रमा शिवम अधिकारीको लेखन, बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्र चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई डिजिटल प्रविधीको भरपुर प्रयोग गरेर तयार पारिएको निर्देशक योगेश घिमिरेको भनाई छ ।
ट्रेलर हेर्नुहोस्: