प्रणय दिवशमा शाहारुख खानका पाँच ‘लभ टिप्स’
काठमाडौं,माघ २९ – शाहारुख खान बलिउडमा चक्लेटी नायक मानिन्छन । उनले खेल्ने सबै प्रमे कथाका फिल्ममा दर्शकलाई फिँदा -फिँदा पार्ने अभिनय गरेको हुन्छन ।
विश्वभरका उनका फ्यानले उनलाई ‘लभआईकन’का रुपमा समेत लिन्छन । यस्ता छन उनै लभ आईकन खानले प्रणय दिवशको आसपासमा दिएका पाँच लभ टिप्स :
१.सम्मान गर्नुस्
प्रेमिका अथवा श्रीमतीलाई आफ्ना वचन, कर्म अथवा ध्येयबाट उनहिरूको आत्मसम्मानमा चोट लागेको महसुस गर्न नदिनुस्। बोल्दा, काम गर्दा अथवा कुनै योजना सुनाउँदा पार्टनरलाई होच्याएको महसुस हुनेखालको काम कहिल्यै नगर्नुस्। आत्मसम्मानले कुनै पनि युवतीका लागि सबैभन्दा ठूलो अर्थ राख्छ।

२. शिष्टाचार देखाउनुस्
युवतीले तपाईंबाट बढी केयरको अपेक्षा गरेका हुन्छन्। सजिलोरअप्ठेरो सोध्ने, खानपिन कस्तो छ भनेर जिज्ञासा राख्ने गर्नु राम्रो हुन्छ। युवतीसँग हिँडेको बेला ढोका खोल्ने बेलामा आफैँ अग्रसर हुने अथवा कुर्सीमा पार्टनरलाई बसाएपछि मात्रै आफू बस्ने गर्नाले युवतीले आफूलाई महत्व दिएको ठान्छन् र त्यसो गर्ने युवकलाई रुचाउँछन्।

३.नम्र हुनुस्
पार्टनरसँग गफ गर्दा, कुराकानीकै क्रममा उसलाई छुनुपर्दा सकेसम्म सफ्ट हुनुस्। कर्कस स्वरले बोल्ने, असजिलो हुनेगरी कोट्याउनेजस्ता काम नगर्नुस्।

४ .उपयोग नगर्नुस्
पार्टनरसँग रहँदा आफू धन्य हुन्छु भन्ने महसुस गराउनुस्। पार्टनरसँग कुनै स्वार्थको वशमा परेर निकट भएको छु भन्ने आभास नदिनुस्।

५ .नारीलाई चिन्नुस्
नारीको गहिरो मनोविज्ञान हुन्छन्। त्यसलाई चिन्नुस्। जसरी हामीलाई कसैले आफ्नो पुरुषत्वको उल्लंघन गरेको मन पर्दैन, त्यस्तै महिलालाई पनि उनीहरूको नारीत्वको कसैले बेवास्ता गरेको मन पर्दैन। जस्तो कि, नारीसामु उसको चरित्रबारे प्रश्न नउठाउनुस्। नारीत्वलाई स्वीकार गर्ने व्यक्तिलाई सबै महिलाले रुचाउँछन्।