राजकुमारको खोजीमा छिन् केकी अधिकारी

keki-adhikariनायिका केकी अधिकारीको अहिलेसम्म कोही पनि प्रेमी छैनन् । भन्छिन्,‘अहिलेसम्म मेरो कोही पनि प्रेमि छैन । सायद अर्को भ्यालेन्टाइनसम्म आउला कि ?’ आखिर प्रेमी नभएकी केकी कस्तो प्रेमीको खोजीमा छिन् त ? भन्छिन्,‘मलाई बुझ्ने र सम्मान गर्ने मान्छे भए पुग्छ । ममा कुनै अपेक्षा छैन । जे गर्नुछ आफैंले गर्नुपर्छ ।’ प्रेमी नभएकाले उनको यो वर्षको प्रेम दिवस मनाउने त्यस्तो खास योजना छैन । बहिनीहरुसँगै फिल्म हेर्ने उनको योजना छ । ‘बिदाको दिन भएकाले बहिनीहरुसँग चलचित्र हेर्न जाने योजना छ’ केकीले आजको अन्नपूर्ण पोष्ट दैनिकसँग कुराकानी गर्दै भनेकी छन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News