नायिका सोनम कपुरलाई स्वाइन फ्लु.....
मुम्बइ–बलिउड अभिनेत्री सोनम
राजकोर्टको स्टर्लिङ अस्पताल भर्ती भएकी छिन्।
रुघाखोकी र उच्च ज्वरोपछि उनी अस्पताल
भर्ती भएकी हुन्। रगत परीक्षण रिपोर्टले उनलाई
स्वाइन फ्लु लागेको पुष्टि भएको हो। सोनम
अस्पतालमा डाक्टर चिराग
मत्रवद्याको रेखदेखमा छिन्।
केही समयअघि शारीरिक कमजोरीका कारण
उनी मुम्बइको अस्पताल भर्ती भएकी थिइन्।
सोनम राजकोटको रोयल प्यालेसमा सुरज
बडजात्याको फिल्म प्रेम रतन धन पायोको सुटिङ
गरिरहेको अवस्थामा बिरामी परेकी हुन्।
यो ठाउँमा हम दिल दे चुके सनमको पनि सुटिङ
गरिएको थियो।
सोनम बिरामी पर्दा फिल्मका कलाकार सलमान
खान र अनुपम खेर पनि राजकोटमै थिए। अनुपम खेरले
राजकोटको सुटिङ सकिएको ट्विट गरेका छन्।