Entertainment,
Upcoming Movies Nepali
»
कलाकार भनेर चिनिनुभन्दा किसान भनेर चिनिनुमा गौरव लाग्छ-विनिताले भनिन्
कलाकार भनेर चिनिनुभन्दा किसान भनेर चिनिनुमा गौरव लाग्छ-विनिताले भनिन्
विनिताले भनिन्- कलाकार भनेर चिनिनुभन्दा किसान भनेर चिनिनुमा गौरव लाग्छ
चपली हाइट फिल्मकी नायिका विनिता बरालले आफूलाई कलाकार भनेर चिनिनुभन्दा सफल किसान भनेर चिनिनुमा गौरव लाग्ने भएको बताएकी छन्।
एग्रो टाइम्स मासिक कृषि पत्रिकाले बिहीबार आयोजना गरेको किसान सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिको विकासबाट मात्र अन्य क्षेत्रको विकास सम्भव हुने बताइन्।
एग्रो टाइम्स मासिक कृषि पत्रिकाले बिहीबार आयोजना गरेको किसान सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिको विकासबाट मात्र अन्य क्षेत्रको विकास सम्भव हुने बताइन्।
चपली हाइट फिल्मका कारण एक्कासि चर्चामा आएकी नायिका बरालले कलकारिता पेसालाई भन्दा कृषिलाई कर्म प्राथमिकता दिँदै काठमाडौँमा व्यावसायिक तरकारीखेती गर्दै आएकी छन्।
कृषि कलाकारका उपनामबाट परिचित बरालको “कृषिसँगको लभस्टोरी” पुस्तक चाँडै नै विमोचन हुँदैछ।
कृषिलाई कर्म बनाई उत्पादनमा लागेको १७ व्यावसायिक किसानलाई बिहीबार एग्रो टाइम्स राष्ट्रिय मासिक पत्रिकाले सम्मान गरेको छ। कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसीले व्यावसायिक किसान क्रमशः खोजराज कटुवाल, रमेश केसी, रमेश कार्की, केशव पाठक, अर्जुनप्रसाद लुइँटेल, सागर थापा, प्रदीप घिमिरे, ललित काफ्ले देव गिरीलगायतलाई कदरपत्रबाट सम्मान गरिएको हो।
आजै, उनले कृषि र अर्थसम्बन्धी कार्यक्रम चलाउँदै आएका पत्रकार माधव निर्दोषलाई पनि सम्मान गरिन्।
कार्यक्रममा महानिर्देशक जिसीले कृषिको विकासले दिगो विकास सम्भव हुने बताए।
विगत वर्षदेखि परम्परागत अन्नबालीको सट्टा मौसमी तथा बेमौसमी तरकारीखेती गरी दोब्बर आम्दानी प्राप्त भएपछि कृषि पेसामा कलाकार, प्राविधिक तथा राजनीति दलका नेतासमेत आकर्षित हुँदै आएका छन्।
छैटौँ कृषि गणनाले ७१ प्रतिशत जनता पूर्णकालीन किसान रहेको भए पनि ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको देखाएको छ।
तथ्याङ्कअनुसार ३८ लाख ३१ हजार किसान परिवार कृषि पेसामा आबद्ध छन्। यसमध्ये एक लाख १६ हजारले खेतीपाती गरेको पाइँदैन। रासस
Like And follow For Nepal America.com ( Don't Miss )