भारतसँग मेरो सधै राम्रो सम्बन्ध छ : ओली
काठमाडौं, २६ माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदाय जनअनुमोदित लोकतान्त्रिक सरकारविरुद्ध रहेको भन्ने ठान्नु गलत रहेको बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदाय जनअनुमोदित लोकतान्त्रिक सरकारविरुद्ध रहेको भन्ने ठान्नु गलत रहेको बताएका छन् ।
‘वैयक्तिक तवरले कसैले कहिले केही भनेका हुन सक्छन् तर नेपालको अहिलेको सरकार र सत्तारुढ पार्टीहरुप्रति अन्तर्राष्ट्रिय समुदायको समर्थन नरहेको ठान्नु गलत हो’ सञ्चारकर्मीसंगको अन्तक्रियामा सोमबार उनले भने ।

राणाशासन हुँदा खुलेका कांग्रेस र एमालेजस्ता लोकतान्त्रिक पार्टीहरुले चलाएको सरकारलाई अन्तर्राष्ट्रिय समुदायको अत्यन्त सकारात्मक दृष्टिकोण रहेको ओलीले बताए । काठमाडौंस्थित राजदूतहरुलाई सरकारका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री रामशरण महतले गरेको ‘ब्रिफिङ’ गलत बुझाई नहोस् भन्नका लागि गरिएको उनले बताए ।

‘राजदूतहरुलाई गलत मान्छेले छेकेर कता कता लगिदिन सक्छन् । बाहिरबाट आएका उनीहरुले भाषा र परिवेश नबुझ्दा कसैले गलत बाटो लगेको हुनसक्छ भनेर कुटनीतिक मर्यादाभित्र बसेर गरिएको ब्रिफिङ हो’ उनले भने । संविधान निर्माणमा राष्ट्रसंघ, भारत, युरोपेली समुदायद्वारा उठाइएको सहमतिको बिषय कुटनीतिक शिष्टतामात्रै भएको उनले अर्थ्याए । ‘कुटनीतिमा कसैले अप्रिय कुरा गर्दैन । तर मामिला हाम्रो हो, हामीले समाधान गर्ने हो’ उनले भने ।
भारतसँग मेरो सधै राम्रो सम्बन्ध
ओलीले वर्तमान सरकार र सत्तारुढ दललाई भारतको समर्थन नरहेको भन्ने ठान्नु गलत रहेको बताए । नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई बिगार्न केही शक्ति लागेको तर त्यो सफल नहुने उनले बताए ।
‘नेपालका पुतली बिना भिसा र पासपोर्ट भारतका फुलमा जान्छन्, उताका पनि यता आउँछन् । असामदेखि झापासम्म हात्ती कोरिडोर नै छ’ अन्य उदाहरण दिँदै ओलीले भने ‘यति गहिरो सम्बन्धलाई बिगार्ने कसैले ठान्छ भने त्यो सफल हुदैन ।’
नेपालको वर्तमान राजनीतिक परिस्थितिलाई भारत सरकार र त्यहाँका दलहरुले बुझेको र उनीहरुको बुझ्ने सामर्थ्य रहेको भन्दै लोकतान्त्रिक संविधानको पक्षमा रहेको उनले बताए । ‘ओलीसंग भारतको सम्बन्ध बिग्रेको छैन, सधै राम्रो छ ।’
-