नेपाली नायिकाका थरीथरीका कुरा ...बिस्तारमा

काठमाडौं । हलिउड र बलिउडमा जस्तै नेपाली चलचित्र क्षेत्रमा पनि नायिकाहरूको सम्बन्ध जोडिने र टुट्ने क्रम बढ्न थालेका छन्। पुरानादेखि नयाँ नायिकाहरूको सम्बन्ध पनि जोडिने र टुट्ने गरेका छन्। यतिखेर नेपाली चलचित्र क्षेत्रमा नायिका रेखा थापा र निर्माता छवि ओझाको प्रेम प्रसंगले ठूलै तरंग ल्याएको छ। रेखा र छवि पूर्व श्रीमान् श्रीमती हुन्।  

डेढ वर्षअघि यी दुईले दस वर्ष लामो लिभ इन रिलेसन तोडेका थिए। औपचारिक रूपमा विवाह नगरे पनि सामाजिक रूपमा श्रीमान् श्रीमती रहेका यी दुई कानुनी रूपमा अलग भएका छन्। हालै नायिका रेखा थापाले आफू सुदर्शन गौतमसँग प्रेममा परेको सार्वजनिक अभिव्यक्ति दिइन्। रेखाको यस्तो अभिव्यक्ति आउनेवित्तिकै निर्माता छवि ओझाले पनि आफू नवनायिका शिल्पा पोखरेलसँग प्रेममा परेको र उनले चाहे चाँडै बिहे हुने घोषणा गरेका छन्। रेखाले सुदर्शनसँग आफूले सच्च प्रेम गरेको दाबी गरेकी छन्। तर उनले सुदर्शनसँग बिहे हुन्छ कि हुन्न भन्ने कुरा खुलाइनन्। उनले प्रेमले कुनै अंग र मान्छेको स्वरूप नहेर्ने जिकिर गरेकी छन्। हुन त सुदर्शन पनि रेखाको सामीप्य पाएर फुरुंग छन्। सुदर्शनको दुवै हात छैन। 

रेखा जस्ती चतुर नायिकाले दुवै हात नभएको व्यक्तिसँग सच्चा प्रेम परेको बताउनुलाई धेरैले यो उनको ढोंग भएको टिप्पणी गरेका छन्। हिम्मतवाली चलचित्रमा नायक बनाइदिएपछि सुदर्शन रेखाको मायाजालमा परेका हुन्। तर रेखाको विगत बुझ्नेहरू कुन मोडमा गएर उनले सुदर्शनलाई छाडिदिने हुन्रु कसैले थाहा नपाउने बताउँछन्। सुदर्शन क्यानाडाको पीआर भएको र अमेरिकामा सुदर्शनले तेल व्यवसाय गर्न गइरहेकाले रेखाको प्रेम सच्चा देखिएको हो कि भन्नेहरू पनि प्रशस्तै छन्। यदि छविले शिल्पालाई बिहे गरे यो उनको चौथो बिहे हुनेछ। शिल्पाअघि छवि लोफर चलचित्रबाट रजतपटमा प्रवेश गरेकी रजनी केसीसँग निकट थिए। तर रजनी र छविबीच सम्बन्ध धेरै टिकाउ भएन। त्यसपछि छविले शिल्पालाई लज्जा चलचित्रमा ब्रेक दिए। 

लज्जा रिलिज नभएसम्म छविले शिल्पालाई अरु ब्यानरमा चलचित्र गर्न रोक लगाए। हालै शिल्पाले एक म्युजिक भिडियोमा अभिनय गरेकी छन्। छवि र शिल्पाबीच करिब ४० वर्षको उमेर अन्तर छ। यस्तो उमेर अन्तरमा कसरी शिल्पासँग बिहे सम्भव छ भन्ने सहकर्मीहरूको जिज्ञासामा छविले उमेरले त्यति धेरै महत्व नराख्ने भन्दै डाक्टर र नर्सबीच बिहे हुन सक्छ भने म र शिल्पाबीच किन बिहे हुन सक्दैनरु भन्ने प्रश्न गरेका छन्। यस्तै, नेपाली चलचित्र क्षेत्रमा भन्दा म्युजिक भिडियोमा अभिनय गरेर ज्यादा चर्चामा रहेका दुई मोडल रीमा विश्वकर्मा र नम्रता सापकोटाको प्रेमको गाडी रोकिएको वुझिएको छ। 

करिब दुई वर्र्षदेखि मोडल तथा कलाकार नम्रता सापकोटा सागर श्रेष्ठसँग प्रेममा थिइन्। घर नजिकैका सागरको हेरचाहले आफू मायामा पग्लिएको नम्रताले बताउँदै आएकी थिइन्। नम्रताको फेसबुकमा सागरसँग डेटमा रमाएका थुप्रै तस्बिरहरू पोस्ट भइरहन्थे। तर, अहिले यो गति रोकिएको छ। कुनै पनि सम्बन्ध दिगो हँुदैन र विचार मिल्दैन भने नजिक हुनुको अर्थ नभएको भन्दै टाढा भएको मोडल नम्रता सापकोटा बताउन थालेकी छन्। प्रेम टुटेको खबर चर्चामा आओस् भन्ने चाहना आफ्नो नरहेको उनको भनाइ छ। यता, अर्की मोडल तथा कलाकार रीमा विश्वकर्माको पनि प्रेममा ब्रेकअप भएको बुझिएको छ। लामो समयदेखि रीमा र मोडल तथा व्यापारी अमिर सेखको प्रेमको चर्चाले बजार तताएको थियो। 

गत वर्षको भ्यालेन्टाइन डेको अवसरमा रीमा र अमिरको प्रेमको खबर बाहिरिएको थियो। विवहको विषयमा आपसी कुराकानी नमिलेपछि दुईको प्रेममा असमझदारी आएको रीमा निकट कलाकारहरू बताउँछन्। मोडल रीमा विश्वकर्मा यतिबेला बलिउडमा आफ्नो पाइला चाल्ने कसरतमा छिन्। यस्तै, नायिका सुमिना घिमिरेले पनि आफू प्रेममा परेको बताएकी छन्। सुमिनाले प्रेममा परेको युवकको विषयमा भने खुलाएकी छैनन्। सुमिनाका अनुसार उनको प्रेमी व्यापारी हुन्। एक वर्षभित्रै बिहे गर्ने योजना आफूहरूले बनाएको उनले खुलाएकी छन्। अर्की नायिका निशा अधिकारीले पनि आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी छन्। 

निशाले आफू क्रिकेटर शरद भेषवाकरसँग प्रेम सम्बन्धमा परेको खुलाएकी छन्। तर शरदले कुनै प्रतिक्रिया जनाएका छैनन्। अमेरिकामा रहेका श्रीमान् रोचक मैनालीसँग सम्बन्ध तोडेर नेपालमा चलचित्र खेलिरहेकी प्रियंका कार्कीको पनि प्रेम सम्बन्धले चर्चा पाएको छ। तर उनको प्रेमीबारे कसैले पत्तो पाउन सकेका छैनन्। यस्तै, अहिलेकी व्यस्त नायिका निता ढुंगाना र दिनेश डिसीबीचको अन्तरंग सम्बन्धले नेपाली चलचित्र क्षेत्र खुबै गर्माएको छ। 

६ एकान ६ चलचित्रको सुटिङदेखि दिनेश र निताको निकटता बढेको एक निर्देशकले बताए। तर निताले आफनो प्रेमी हालै सार्वजनिक गरेकी छन् । दुवै दिनेश डिसीको फूलै फूलको मौसम तिमीलाई चलचित्रमा अभिनय गरिरहेका छन् 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News