निता ढुगांनाले जिवनलाई रोजेपछि (भिडियो)
काठमाडौँ । वास्तविक जीवनमा आमेश भण्डारीलाई आफ्नो प्रेमीका रुपमा मान्दै आएकी अभिनेत्री निता ढुगांनाले चलचित्र ‘भूल भूलैया’मा अभिनेता जिवन लुईटेललाई रोजेकी छिन् । योगेश घिमिरेद्धारा निर्देशित चलचित्रको अर्को डान्सिङ नम्बर गीतको भिडियोमा निता र जिवनलाई फिचरिगं गरिएको छ ।जुन भिडियो चलचित्र युनिटले बुधबार मात्रै सार्वजनिक गरेको हो । राजेन्द्र थापाका शब्दमा बसन्त सापकोटाले संगीत भरेको ‘माया राम्रो डबल सिम’ बोलको गीतमा प्रल्हाद तिल्सिना र मल्लिका कार्कीले स्वर दिएका छन् ।
नेपाली चलचित्रमा नयाँ प्रयोग गरिएको भनिएको सुरुदेखि अन्त्यसम्म कोरसलाई एउटै स्टेप दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । दिनेश कुमारको प्रस्तुती रहेको चलचित्रलाई बनिश शाहले चक्रपथस्थित रेड किन्डल स्टुडियोमा हाल सम्पादन गर्नैछन् ।शिवम अधिकारीको लेखन, बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा सुशिल कार्की, सुरेश गौतम र मणिराज कार्कीको संयुक्त लगानी रहेको छ । जुन चलचित्र चैत १३ गते प्रदर्शनमा आउने बताइएको छ ।