सन्नी अब बेग्लै रुपमा




नायिका सन्नी लियोनीबाट दर्शकहरुले त्यती धेरै ठुलो आशा राखेका हुदैनन्। सेक्स सिम्बल र पोर्न साइट मा अभिनय गरिसकेकी र साथै यी दुई कुरामा आफनो छवी बनाइसकेकी नायिका सन्नीलाई एक जमानामा मुम्बई मा बस्नका लागि घर पाउन समेत धौ धौ परेको थियो। तर अहिले उनले घर त पाएकी छिन् तर दर्शकको हेराइमा भने कुनै बदलाव ल्याउन सकेकी छैन। अहिले पनि दर्शकहरुले उनको बारेमा ध्यान दिने कुरा भने कै उनले कतिवटा बेड सिन दिएकी छिन्, कस्तो खालको चुम्बन गरेकी छिन् र शरीरलाई कुन हदसम्म नंग्याएकी छिन् भन्ने हो। तर अब नायिका सन्नी को यस्तो नराम्रो छवीलाई बलिउड निर्देशक देभंग धोलाकिया बदल्न तरखरमा छन्। 
निर्देशक धोलाकिया भन्छन्, यो फिल्ममा सन्नीको अभिनय एकदमै बेग्लै हुनेछ, म बाजी ठोकेर भन्छु। उनको ग्ल्यामर फिल्ममा हुन्छ तर छाडा तरिकाको होइन। उनले यस फिल्ममा एउटा पनि किस सिन दिने छैनन्। सधै सन्नीको कामोत्तेजक सिन हेर्न हल धाउने दर्शकहरुले भने यो सन्नीको नयाँ अवतारलाई त्यति नरुचाउने भारतीय सञ्चारमाध्यमहरुको अनुमान छ। यसअघि ‘जिस्म–२’,‘रागिनी एमएमएस’ लगायत बलिउड फिल्ममा नायिका सन्नी लियोनीले काम गरिसकेकी छिन्।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News