लिटिल प्रिन्स–प्रिन्सेसको लागि एक सय जना छानिए

Image Title


उर्लाबारी, १८ माघ, मोरङको पथरीमा लिटिल प्रिन्स–प्रिन्सेस प्रतियोगिताको लागि पहिलो चरणबाट एक सय जना बालबालिकाहरु छानिएका छन् । बालबालिकाहरुको क्षमता विकास र अभिबृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले ग्ल्यामरस नेपाल विर्तामोड झापाको आयोजना र पथरी जेसिजको सहयोगमा सो छनौट गरिएको हो । 

पथरीस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा भएको पहिलो चरणको अडिसनबाट एक सय जना छानिएकोे ग्ल्यामरस नेपालका प्रवन्धक निर्देशक आशिम ज्वयल श्रेष्ठले बताएका छन् । सौन्दर्यलाई भन्दा पनि अतिरिक्त जानकारीमूलक शिक्षामा जोड दिई प्रतिस्पर्धीहरुलाई सबल र सक्षम बनाउन प्रतियोगिता सञ्चालन गर्न लागिएको उनको भनाई छ । अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले ब्यक्तित्व विकास सामाजिक रहन-सहन नैतिक जिम्मेवारी, सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, क्वाटवाक लगायत बारेमा प्रशिक्षण दिने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन चाहाने उमेर समूह ५–९ र १०–१४ वर्ष उमेर समूहलाई समावेश गरी आत्मविश्वास, प्रस्तुतिकरण र अनुसासनको आधारमा पहिलो चरणमा छनौट गरिएको  छ ।

प्रतियोगिताको विजेतालाई सन् २०१५ को ताजसहित क्राउन, प्रमाण–पत्र लगायत पुरस्कारसहित वर्षको सेलिब्रेटी घोषणा गरिने छ भने विभिन्न विज्ञापनहरुमा खेल्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ । फष्ट, सेकेन्ड, थर्ड रनरअपसहित विभिन्न टाइटलहरु घोषित गरिने प्रदान गरिने ग्ल्यामरस नेपालले जनाएको छ

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News