ज्यान मार्ने धम्कीपछि ‘खडेश्वर बाबा’ प्रहरी फन्दामा....भिडियो सहित
शिवरात्रीको अवसर पारेर कालभैरवको मूर्ति स्थापना गर्ने भन्दै कन्चनपुरको महेन्द्रनगरस्थित कालभैरव मन्दिरमा तपस्या गर्दै आएका उक्त नागाबाबाले मदिरा सेवन गरी शिव मन्दिरका पुजारीहरुलाई ज्यान मार्ने धम्की दिँदै मन्दिरमा तोडफोड र बितन्डा मचाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफूलाई भारतको केदारनाथका महन्त बनारसी गिरी नागाबाबा बताउने बाबाले नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने र शिव मन्दिरनजिकमा कालभैरवको मूर्ति स्थापनाका लागि भन्दै पौष २० गतेदेखि ४१ दिने खडा तपस्या गरेका थिए ।
नागाबाबाले शिवरात्रीको मध्यरातमा मदिरा सेवन गरी यस्तो हर्कत गरेपछि प्रहरीले पक्रेको हो ।