आपत्तिजनक अवस्थामा चितवनका होटलबाट ४९ जना पक्राउ (फोटो फिचर)
आपत्तिजनक अवस्थामा चितवनका होटलबाट ४९ जना पक्राउ (फोटो फिचर) चितवन । अबैध यौन धन्दा भईरहेको सुराकीका आधारमा चितवन प्रहरीले शनिबार ४९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका अधिकांशले आँफुहरु श्रीमान–श्रीमती भएको जिकिर गरेका कारण बाध्य भएर बिवाहीतलाई पनि प्रहरी कार्यालयसम्म ल्याउनु परेको भन्दै प्रहरीले क्षमा याचना गरेको छ । प्रहरीका अनुसार आज पक्राउ परेका मध्ये महिला १७, पुरुष १२, होटल संचालक पुरुष ९ र होटल संचालक महिला १ जना छन् । पक्राउ परेका सबै २५ देखी ४२ बर्ष उमेर समुहका छन् ।
पक्राउ गरीएका मध्ये केहि अत्यन्तै आपत्तिजनक अवस्थामा रहेको बताईएको छ । प्रहरीका अनुसार पक्राउ परेका ब्यवसायीक यौनकर्मी र गैरब्यवसायीक छुट्याई उनिहरु बिरुद्ध कानुन अनुसार मुद्धा चलाईनेछ । यसैबीच होटल ब्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष ईमान्दु बरालले प्रहरीको छापा मार्ने तरीकामा गंभिर आपत्ति जनाएका छन् ।
होटलहरुमा बसेका मध्ये को सहि र को गलत भन्ने कुरा छुट्याएर मात्र पक्राउ गर्नुपर्नेमा प्रहरीले लापर्वाही र जवर्जस्ती गरेको भन्दै उहाँले आपत्ति जनाए । आजको घट्नामा पनि ५ जोडी श्रीमान–श्रीमती रहेको खुल्न आएकाले उनिहरुको मानहानीको क्षतिपुर्ती कस्ले दिने भन्दै उनले प्रश्न उठाएका छन् ।