नयाँ पुस्ताका स्टार हिरो अनमोल केसीको ब्यक्तित्व र स्टारडमबाट युवती फ्यानमात्र हैन चलेका नेपाली हिरोइनहरु समेत अकार्षित छन । अनमोलसँग अनस्कृन रोमान्स गर्ने चाहना प्राय सबै हिरोइनको छ । तर अनमोलको रुचि भने प्राय नयाँ युवतिमा देखिन्छ ।
यसअघि ‘होस्टेल’ र ‘जेरी’मा पनि नयाँ हिरोइनसँग रोमान्स गरेका अनमोलले तेस्रो फिल्म ‘ड्रिम’ मा पनि नयाँ युवतिसँग रोमान्स गर्दैछन । इमेज टेलिभिजनको भिजे सन्ध्या केसी अनमोलको नयाँ हिरोइन हुन । उनलाई ड्रिम निर्देशनको तयारीमा रहेका अभिनेता भुवन केसीले हिरोइनको लागी अफर गरेका हुन ।
टेलिभिन कार्यक्रममा देखेपछि भुवनले उनलाई सम्पर्क गरेका थिए । उनलाई मौखिक रुपमा फिल्ममा अनुबन्ध गरिसकेको भुवनले बताए । सन्ध्या पनि फिल्ममा पाएको अफरप्रति खुशी छिन । अब लिखित रुपमा सहमति गर्न बाँकी रहेको बताइन्छ ।
ड्रिम आउदो चैत्रबाट फ्लोरमा जाने तयारीमा छ । यसअघि यहि फाल्गुनमै फ्लोरमा जाने भनिएको फिल्मको स्कृप्ट अपुरो रहेकाले ढिला भएको हो । फिल्मलाई निर्माण तथा निर्देशन भुवन स्वयमले गर्दैछन ।
यी हुन् अनमोलको नयाँ जोडी ।
Arts,entertainment and News