प्रहरीमाथि महेन्द्रे भोटे लगायतका गुन्डाको बर्बरतापूर्ण आक्रमण
हातहतियार राखेर बस्छन् भोटे ओजन डिस्कोमा
पोखरा, २३ फागुन।
एमालेले संरक्षण गरेका गुन्डा शिव गुरुङ ‘महेन्द्र भोटे’को गु्रपले रडले हिर्काएर घाइते बनाएका प्रहरी जवान भीमबहादुर राना । उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ । रानाको टाउकोमा ओजन डिस्कोमा महेन्द्रे भोटे लगायतको टोलीले रडले हानेका थिए । हातहतियारसहित आक्रमणमा उत्रिएका महेन्द्र भोटेलगायतको टोली वडा प्रहरी कार्यालय बैदामको खोरमा थुनिएका छन् ।

स्रोतका अनुसार महेन्द्र भोटेलाई बचाउन एमालेको केन्द्रीयस्तरदेखि जिल्लास्तरका नेताहरुको चलखेल बढिरहेको छ । एमालेका नेता वामदेव गौतम गृहमन्त्री भएको फाईदा उठाउँदै अर्का एमालेका सभासद् रवीन्द्र अधिकारी र युवा संघका महासचिव राजीव पाहारीको संरक्षणमा पोखरामा आतंक मच्चाउँदै आएका महेन्द्रे भोटेले पोखरामा पटक–पटक यस्ता घटनाहरु दोहो¥याई रहेका छन् । यस अघि कान्तिपुर राष्ट्रिय दैनिकका पोखरा संवाददाता शिव शर्मालाई औंला काटिदिने भन्दै समाचार नलेख्न धम्की दिएका थिए ।
तत्कालै कास्की प्रहरीले यस धम्कीका विरुद्धमा कडा कारवाही गर्ने चेतावनी दिए पछि माफी माग्दै अब आइन्दा यस्तो व्यवहार गर्दिन भनेर भोटे उम्केका थिए ।
नेताको आँडमा युवाहरु परिचालन गरेर अवैध धन्दा सञ्चालन गर्ने थलो ओजन डिस्कोमाथि नै प्रहरीले कडा निगरानी राख्न आवश्यक देखिएको छ । ओजन भित्र हातहतियार राखेर बस्ने महेन्द्र भोटेमाथि कास्की प्रहरीले कसरी कारवाही गर्छ ? त्यो भने हेर्न नै बाँकी छ । तर कास्कीका प्रहरी प्रमुख एसपी हरि पालले जुनसुकै राजनीतिक दलको आवरणमा रहेको भए पनि गुन्डामाथि कारवाही भएरै छाड्ने बताएका छन् ।

युवा संघ नेपाल गण्डकी अञ्चलको उपाध्यक्षमा एकैचोटी पु¥याईएका टोले गुन्डा महेन्द्र भोटेको दम्भ बढ्नुको मुख्य कारण राजनीतिक संरक्षण नै हो । जबसम्म यस्ता गुन्डाहरुलाई पाल्ने ठेकेदार र संरक्षण गर्ने नेतालाई जनताले नङ्ग्याउँदैनन् तबसम्म सर्वसाधारण र सुरक्षाकर्मी सधै यस्तै आतंकको सिकार बनिरहनु पर्नेछ ।