कलेज डिभामा १७ सुन्दरी

कलेज डिभामा १७ सुन्दरी


रिबन इन्टरटेन्मेन्ट प्रालीले कलेजमा अध्यनरत किशोरीहरुविच सौन्दर्य  प्रतिस्पर्धा गराउने तयारी गरेको छ । ‘कलेज डिभा अफ द इयर २०१५’ नाम दिइएको यो प्रतिस्पर्धा चैत्र १२ गते काठमाण्डौको राष्ट्रिय नाचघरमा हुनेछ ।

२ चरणमा भएको अडिशनबाट १७ सुन्दरी छानिएको आयोजक संस्थाका कार्यकारी निर्देशक निशु झाले जानकारी दिएका छन् । अडिसनबाट एन्जीला थापा, अन्जु ज्ञवाली, अर्चना दाहाल, अस्मीता जिरेल, नविना श्रेष्ठ, नीश्चला खड्का, पायल कौर, पूजा चौधरी, रञ्जिता कार्की, रीया तिमिल्सिना, शवनम शाक्य, सजुम कटुवाल, समीक्षा सापकोटा, श्रीया शाक्य, नविना श्रेष्ठ, स्वेच्छा खत्री र उर्जा कार्की चयन भएका छन् ।

उनीहरुलाई अहिले मास फेसिङ, व्यक्तित्व विकास, आत्मविश्वास, नेतृत्व क्षमता र विकास, जिवन शैली र कला, लागू पदार्थ र अपराधविरुद्धको चेतना लगायतका बिषयमा तालिम प्रदान गरिरहेको आयोजकले जनाएको छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News