'नाईँ नभन्नु ल ३' को फस्टलुक सार्वजनिक भयो!
चैत्र २७ गते रिलिज हुने र 'विकास आचार्य'ले निर्माण गरेको चलचित्र 'नाई नभन्नु ल ३' ले आफ्नो फिल्मको लागि फस्टलुक पोस्टर रिलिज गरेको छ। 'नाई नभन्नु ल' र त्यसको दोस्रो सिक्वल 'नाई नभन्नु ल २' लाई दर्शकहरूले अत्याधिक मन पराएपछि, निर्देशक विकास आचार्यले तेस्रो सिक्वल 'नाई नभन्नु ल ३' निकाल्न लागेको हो।
फिल्मको पोस्टरको डिजाइन शाहिल खानले गरेको हो र पोस्टरमा फिल्मका मूख्य पात्रहरूलाई प्रस्तुत गरिएको छ। यो पोस्टरले मायाप्रेमको कथा झल्काउँदछ।
'मुस्कान ढकाल'ले निर्देशन गर्न लागेको चलचित्र नाई नभन्नु ल ३ सांगीतिक प्रेमकथामा आधारित रहेको छ। यो चलचित्रको लेखक तथा निर्माता विकास आचार्य हुन् र यो चलचित्र 'वान टाईम सिनेमा प्राली'को ब्यानरमा बनेको हो।

संगीतकार 'बसन्त सापकोटा'ले संगीत दिएको यस चलचित्रको संगीत पक्षलाई पनि रुचाईएको छ र गत वर्षको तुलनामा यो वर्षको गीत अझ राम्रो भएको संगीतकार सापकोटाको दाबी छ।