यी तीन गोप्य कुरा जसले क्याट्रिनालाई बनायो यति सुन्दर
यिनै नायीका क्याट्रिनाले आफूलाई यसरी सुन्दर र कामुक राख्न के गर्छिन् भन्ने जान्न चाहने पनि धेरै होलान् । उनी जस्तै बन्न चाहने महिलाहरू पनि धेरै होलान् । यसका लागी उनले आफूलाई सुन्दर र कामुक राख्नका लागि के गर्छिन् थाहा पाऔ...
- शरिरका लागिः क्याट्रिनाले आफ्नो स्लिम शरिरलाई कायम राख्नका लागि आफ्नो खानपानमा निकै ध्यान दिन्छिन् । उनी सकेसम्म धेरै पानी पिउने गर्छिन् । यस्तै, उनले डाइटको लागी अकाईबेरी र व्हिट ग्रास पाउडर जस्ता पौष्टिक खाद्यान्न खाने गर्छिन् र दैनिक रूपमा ग्रीन टि पिउने गर्छिन् ।
- कपालका लागिः एक कार्यक्रममा क्याट्रिनाले उनको कपाललाई चलचित्र अनुसार विभिन्न रंग लगाउने गर्नुपर्छ, यसले कपाललाई बिगार्छ भनेकी थिइन् । उनले आफ्नो कपाललाई यसको असरबाट टाढा राख्नका लागी राम्रो खाले सेम्पू तथा अन्य सामग्री प्रयोग गर्ने गर्छिन् भने नियमित रुपमा आफ्नो टाउको मसाज गर्ने गर्छिन् ।
-अनुहारका लागिः क्याट्रिनाले सुटिङबाहेक सार्वजनिक कार्यक्रममा जान पनि सकेसम्म मेकअप बिना नै जान रूचाउँछिन् । मेकअप नगर्दा उनलाई आफ्नो अनुहार तथा छालालाई विभिन्न केमिकल्सबाट जोगाउन सकिन्छ ।
मेकअपभन्दा अगाडि उनले पातलो कपडा बरफ राखेर अनुहारमा दल्छिन् जसले गर्दा उनको छाला सफा हुन्छ । यस्तै, उनले सुत्नुभन्दा अगाडि आफूले लगाएको मेकअप पुछ्ने गर्छिन् ।
मेकअपभन्दा अगाडि उनले पातलो कपडा बरफ राखेर अनुहारमा दल्छिन् जसले गर्दा उनको छाला सफा हुन्छ । यस्तै, उनले सुत्नुभन्दा अगाडि आफूले लगाएको मेकअप पुछ्ने गर्छिन् ।