दीक्षा खडायत, तेस्रो संस्करणको लिटिल मिस एन्जेल


कलश इभेन्टसद्वारा आयोजित कार्यक्रम लिटिल मिस एन्जेलको तेस्रो संस्करण आज राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न भयो । विगत १ महिना अघि देखि प्रशिक्षणमा व्यस्त रहेका साना नानीहरुले आज निर्धक्क भएर दर्शक सामु आफुलाई प्रस्तुत गरेका थिए । २६ जना प्रतिस्प्रधीलाई पछि पार्दै सेन्ट पल स्कुलमा कक्षा ८ मा अध्ययनरत दीक्षा खडायतले तेस्रो संस्करणको लिटिल मिस एन्जेलको ताज चुम्न सफल भएका छन् ।

यसै गरी एल. आर.आई.मा कक्षा ७ मा अध्ययनरत योग्यता श्रेष्ठ तथा अन्नपूर्ण स्कूलमा कक्षा ६ का दिनिशा श्रेष्ठ क्रमशः प्रथम उपविजेता तथा द्वितिय उपबिजेताको ताज चुम्न सफल भए ।

लिटिल मिस एन्जेलका विजेताले क्रमश रु. १५०००, १०,००० तथा रु. ८,००० नगद, ताज तथा विभिन्न उपहारहरु समेत प्राप्त गरेका छन् । विजेता बाहेक सम्पूर्ण उपविजेताहरुले समेत ताज पाएका छन् ।

समाज सेवी लक्ष्मी शर्माकोे प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिताका निर्णयक मण्डलमा प्याबसन केन्द्रिय कमिटिका उपाध्यक्ष दीपिका थापा, फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर, नमूना कलेजका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, गायक निर्णय श्रेष्ठ, शिक्षा सेवी सागर मानन्धर तथा वाल अधिकारकर्मी विनिता अधिकारी रहेका थिए ।

रोहिया महर्जनकोे कोरियोग्राफी र मिस टिन नेपाल २०१२ आस्था श्रेष्ठको सह कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा यज्यू श्रेष्ठले कार्यक्रमलाई रोचक ढंगले संचालन गरेको थियो । कार्यक्रमले प्रतियोगीहरु बीच आफू भित्र लुकेको प्रतिभालाई प्रस्तुतगर्ने अवसर मिलेकोे संस्थाका कार्यकारी अध्यक्ष रामेश्वर श्रेष्ठको बताए । 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News