गणेश मुर्तिमा सर्प देखिएपछि पुजा गर्नेको भीड

कोहलपुर चौराहस्थित धारामा रहेको गणेश मुर्तिमा रहेको अनौठो सर्प।कोहलपुर चौराहस्थित धारामा रहेको गणेश मुर्तिमा रहेको अनौठो सर्प। तस्विरः नागरिक
कोहलपुर–कोहलपुर चौहारस्थित उत्तरमा रहेको राम जानकी मन्दिर नजिक रहेको खानेपानी धाराको गणेश मुर्तिमा अनौठो सर्प बस्न थालेपछि स्थानीयले पुजा सुरु गरेका छन्। दुई महिनादेखि दैनिक तीनवटा सर्पले गणेश मुर्ति र धारामा बस्न थालेपछि सर्प हेर्ने र पुजा गर्नेको भीड लाग्ने गरेको छ। 
टाउँकोमा टिका र शरिरमा पहेलो धर्का भएको पहेलो रङको सर्प दैनिक बस्ने र गणेश मुर्तिलाई घेरेर बस्न थालेपछि स्थानीयले नागपुजा गर्ने गरेका छन्। नियमित सर्प देखिन थालेपछि स्थानीयले दैनिक धुप बाल्ने, दुध खुवाउने र पैसा दान गर्ने गरेका छन्। राजमार्ग भएर आवतजावत गर्ने र चौराहमा आराम गर्ने यात्रीले अनौठो सर्प हेर्ने र पूजा गर्ने गरेका छन्।
 
तीनवटा सर्प रहेपनि दैनिक एकमात्र बाहिर निस्कने गरेको छ। आलोपालोमा बाहिर निस्कने अनौठो प्रकारको सर्प तीन महिनादेखि बसेपछि हेर्ने र पुुजा गर्ने बढेको मन्दिरका पुजारी हरि अर्यालले बताए। लामो समयदेखि सर्प बस्दै आएको र अन्य सर्पभन्दा रङ, लम्बाई र व्यवहारसमेत फरकपन रहेको उनले जनाए।
 
सर्प हेर्ने र पुजा गर्नेको भीडपछि मन्दिरले धारामा दानापेटी, नागको तस्विर राख्ने र दैनिक अगरबत्ती बाल्दै नागपुजा गरिँदै आएको छ। स्थानीय हेमबहादुर थारुले दैनिक सर्प गणेश मुर्ति घेरेर बस्ने तर भागेर अन्त नजाने गरेको बताए। अनौठो सर्प र अनौठो बानीले सर्पको पुजा गर्ने मानिसहरु आउने गरको उनको भनाइ छ। दैनिक पिउने पानीमा अनौठो सर्प बसेपछि स्थानीयले धारामा आउने खानेपानी बन्द गरी मन्दिरमा रहेको धारामा पानी पिउने र ओसारप्रसार गर्छन्।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News