आत्मघाती बम आक्रमणबाट ३३ को मृत्यु

नाइजेरियाको उत्तरपूर्वी भागमा शनिबार विभिन्न स्थानमा भएको बम आक्रमणमा कम्तीमा ३३ व्यक्तिको मृत्यु भएको जानकारी प्रत्यक्षदर्शी तथा स्थानीय अधिकारीले दिएका छन् । यस हिंसाका लागि बोको हराम समूहमाथि आरोप लगाइएको छ ।
शनिबार भएका आक्रमणमा पहिलो आक्रमण बागा माछाबजारमा एक महिला आत्मघाती बम आक्रमणकारीले बिहान ११:२० बजे गरेको बोर्नो राज्यको माछाव्यापारी सङ्घका प्रमुख अबुबाकर गामान्दीले बताए ।
उनले एक महिला आत्मघाती बम आक्रमणकारी मोटरयुक्त रिक्साबाट ओलिएपछि विस्फोट भएको बताए । उक्त समयमा उनी घटनास्थलमा थिए । उनले अठार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन ।
उक्त कुरालाई माइदुगुरी अस्पतालका एक नर्सले पनि पुष्टि गरिन् । घटनामा पीडित प्रायः सबैलाई उक्त अस्पताल लगिएको थियो ।
यसको एक घण्टापछि अर्को बम लोकप्रिय ‘मन्डे मार्केट’मा भएको थियो । त्यहाँ १५ व्यक्तिको मृत्यु भएको जानकारी गामान्दी तथा नर्सले दिए ।
दोस्रो बम आक्रमण पनि आत्मघाती आक्रमणकारीले नै गराएको भन्ने विषयमा पुष्टि भएको छैन ।
गामान्दीले हालसम्म दुई घटनाका कम्तीमा ३३ शव देखिएको बताए । उनले यो सङ्ख्या बढ्नसक्ने अनुमान गरेका छन ।
यी दुई आक्रमणका विषयमा बोर्नोको न्याय आयुक्त काका सेहुले पनि पुष्टि गरे । उनले उद्धारकर्मीले आफ्नो काम सम्पन्न नगरेसम्म मृतकको सङ्ख्या बताउन अस्वीकार गरेका छन ।
दिउँसोको एक बजेपछि सेहुले बोर्नो एक्सप्रेस बस बिसौनीमा पनि विस्फोट भएको जानकारी दिए । उक्त घटनामा मर्नेको सङ्ख्या दिइएको छैन ।
यस क्षेत्रमा चार मुलुकले गत महिनाको आरम्भदेखि बोको हराम विद्रोहीमाथि सफलतापूर्वक कारवाही गरिरहेका छन् र विश्लेषकहरूले यस समूहले नागरिक क्षेत्रमा आक्रमण गरी यसको बदला लिने अनुमान गरेका छन्

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News