भिमदत्तको पुनर्जन्म


--राजन थपलिया, बायोपिक फिल्महरु धेरै हेरे तर थोरै बुझे । जति बुझे त्यो भन्दा धेरै सिके तसर्थ म बायोपिक फिल्महरु हेर्न न्यूयोर्कको म्यान ह्यटन स्थित ए. एम. सि २५ देखी रिगल थिएटर सम्म बेला बखत पुग्छु । अन्तिम पटक बायोपिक फिल्महरुमा स्टिव जब्सको जिबनीमा बनेको फिल्म "जब्स्" हेरेको थिए । नेपालमा बनेको त्यही माथि नेपाली बायोपिक फिल्म आफैमा सकरात्मक पक्ष थियो । मैले पनि निकै रुचि साथ हेरे, जति सोचेको थिए त्यो भन्दा बढी नै पाए । एक शब्दमा भन्नु पर्दा देशलाई माया गर्ने अनि देशको इतिहासको काल खण्ड प्रतिको जिमेवारी महसुस गर्नेहरुले त झनै छुटाउन नहुने चलचित्र बनेको रहेछ ।

यो दुर्लभ विषयमा सिनेमा बनाउने आट गर्नेलाई सलाम, यो एक लुकेर बसेको इतिहास, पहाड जस्तै थियो आखिर एक युग पछि बाहिर आइ छोड्यो । नेपालको सुदुरपश्चिम जिल्लाको डँडेलधुरामामा जन्मिएका र सुदुर पश्चिमबाट नै नेपालमा राणा शासन विरुद्धको आन्दोलनमा सक्रिय रहनु भएको भिमदत्त पन्तले नेपाली समाजमा रहेका छुवाछुत प्रथा तथा विभिन्न सामाजिक विकृति विरुद्ध आवाज बुलन्द गरेका थिए । आफैमा शिक्षित पन्त देशलाई केही दिनु पर्छ भन्ने सोच राख्थे । "कि त जोत हलो कि त छोड थलो" यो आन्दोलन कडा रूपमा गाउँ -गाउबाट अभियान कै रूपमा अघि बढाएका थिए । नेपालको गाउँ - गाउमा हुने एक शोसकी प्रथा जस्लाई आधुनिक नाममा काजी प्रथा भनिन्छ । गरिब किसानको लाल पुर्जा राखेर उनीहरू माथि शोषण गर्ने प्रथा, छोरी चेली माथि शोषण गर्ने प्रथा र त्यो मात्र नभई देशलाई नै त्यही ढाचाबाट अगाडी बढाउन खोजिएको एक सामन्ती प्रथा, त्यही प्रथाको जालो तोड्न तरबार बोकी हिडेका यौद्दा भिमदत्त पन्तको जीवन्त कथा हो भिमदत्त !

यो आफैमा रिच सब्जेकट म्याटर हो । अमेरिकाको विभिन्न सहरहरूमा निकै लोकप्रिय भएको यो चलचित्र बिसुद्द मौलिक चलचित्र हो । नेपाली जन जिबन्, नेपाली परिवेश बोकेको चलचित्र हो । हिजोको त्यो समाज र आजको समाज तथा राजनीतिलाई निर्देशकले कलात्मक तरिकाले जोडेका छन् । सुदुरपश्चिम तिर बोलिने ठेट नेपाली शब्दहरूको सम्योजनले चलचित्र झनै सशक्त मौलिक बनेको छ । ब्यपारिक दृष्टि कोणबाट हेर्दा यसका गीत सङ्गीत ले थप मनोरन्जन प्रदान गर्ने छ । केही समय अघि न्यूयोर्कका विभिन्न सहरहरूमा प्रदर्शन गरिएको थियो ! यो चलचित्र हेर्नेहरु धेरैको मन छोएको थियो, भिमदत्तको पत्नीको भूमिका निभाएकी सुमिना घिमिरेको जीवन्त अभिनय को निकै तरिफ भएको थियो भने अर्का तिर उनको सम्बेदन शील भूमिकाले धेरैको आखाबाट आशु रोकिएन्, नवल खड्काले जति सयदै अरू कसैले गर्ने थिएनन होला भिमदत्तको भूमिका, उनको अभिनय जीवन्त छ । निकै लोकप्रिय नेपाली टेलीचलचित्र "पुरुष" का नायक श्री राम पुडसैनीको भूमिका र उनको खारिएको अभिनयले दर्शकलाई सिनेमामा बाधेर राख्ने किसिमको छ । उनले आफूलाई एक अब्ल दर्जाको नायकको रूपमा प्रमाणित गरेर देखाएका छन् । वास्तविक जीवनमा पनि उनी निकै मिलनसार तथा एक बुदिजिबी व्यक्ति हुन ।

निशा अधिकारीले पनि आफ्नो भूमिकामा निकै न्याय गरेकी छिन । फिल्ममा केही प्राविधिक पक्ष सुधार गर्नु पर्ने होला तर समग्रमा भन्नु पर्दा, कसैले हाम्रो देश र यो देशको माटोलाई माया गर्छ भने उसले भिमदत्त हेर्छ । यो कालजयी इतिहास सबैले बुझ्न जरुरी छ । के नेता, के विद्यार्थी, के लेखक्, के कलकार्, सबैले हेर्नु पर्ने फिल्म बनेको छ भिमदत्त । नेपाली समाजबाट हराएका जस्तो देखिएका भिमदत्तको फेरी एकपटक पुनर्जन्म गराएका छन् यस चलचित्रका निर्देशक हिमग्याप टासी लामाले । थुप्रै चलचित्र निर्देशनको अफरलाई थाती राखेर निर्देशक लामाले यो चलचित्र निर्देशन गरेका हुन । हिमग्याप लामाले न्यूयोर्कको प्रसिद्ध युनिभर्सिटीबाट चलचित्र निर्देशन पढेका व्यक्ति हुन । नेपाली सिनेमा नगरिमा पढेका व्यक्तिहरू आएन भन्नेहरुको गतिलो जबाफ हुन निर्देशक लामा । भोलि कसैले नेपाली सिनेमाको बारेमा इतिहास लेख्न चाहन्छ भने त्यति बेला हिमग्याप लामाको खोजी हुन्छ । सिनेमाको बारेमा त्यति सुज - बुझले ओत प्रोत व्यक्ति नेपाली सिनेमा क्षेत्रमा सायदै होला ।

नेपाली सिनेमालाई खोट लगाउने भन्दा पनि प्रोत्साहन गर्ने बानी बसालौ । हामी जहाँ भए पनि, जहाँ रहे पनि देशको मौलिक सस्कृती हाम्रो परिचय सङ जोडिएर आउछ । विद्यार्थीहरूले पनि यो चलचित्रबाट सिक्ने ठाउ धेरै छ । त्यस्ता दुर्लभ क्रान्तिकारी किसान नेता, जस्ले आफ्नो गाउँ ठाउबाट देशलाई निकास दिने अभियानमा अघि बढेका थिए । हामीले पनि आफ्नो ठाउबाट डटेर लागि परे नहुने केही छैन। वास्तवमा भन्ने हो भने हाम्रा नेपाली नेताहरू ले झनै सिक्ने ठाउहरु धेरै छ । एक किसान नेता त त्यति गरे भने मूल धारमा भएका विभिन्न राजनीतिक दलका नेताहरूले गर्न सक्ने ठाउ धेरै छ । यो आफैमा एक दुर्लभ फिल्म हो, यस्ता चलचित्रले ठाउ पाउनु पर्छ किन भने यस्ता चलचित्रलाई चलचित्रको राजधानी मानिने हलिवुडमा पनि विशेष किसिम ले हेरिन्छ । नेपाली चलचित्र बृतमा एक नयाँ इट्टा थप्ने काम मात्र भएको छैन एक इतिहासको पाना रचिएको छ । एक दुर्लभ व्यक्ति, करिब करिब समाजले नै बिर्सी सके को व्यक्ति, जस्को एक जिउदो इतिहासलाई सिनेमा को पर्दामा कोरिएको छ त्यो आफैमा निकै तारिफ गर्न योग्य काम हो । फेरी पनि यस्तो गहन विषय मा चलचित्र बनाउने लाई सलाम्, चलचित्र हेरेर केही सिक्नेहरु प्रति पनि सलाम 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News