श्रीमतीको कुटाइबाट घाइते भएका श्रीमानको मृत्यु
ठान, फागुन २० । प्यूठानमा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । तोरवाङमा घरायसी झगडामा श्रीमतीको कुटाइबाट घाइते भएका श्रीमानको उपचारको अभावमा ज्यान गएको प्रहरीले जनाएको छ ।
तोरवाङ–४ की ५६ वर्षकी मनकली पुनको कुटाइबाट घाइते भएका उनका श्रीमान ६३ वर्षका नरबहादर पुनको उपचार हुन नसक्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएको सोमबार राति श्रीमती मनकलीले कुट्दा नरबहादुरको दुवै खुट्टा तथा निधारमा गहिरो चोट लागेको थियो ।
मनकलीलाई पक्राउ गरिएको र घटनाको विषयमा अनुसन्धान भैरहेको प्यूठान प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताउनुभयो ।