जमुना गुरुङ अष्ट्रेलियाको आठौं धनी महिला

जमुना गुरुङ अष्ट्रेलियाको आठौं धनी महिला

जमुना गुरुङ अष्ट्रेलियाको आठौं धनी महिला
२४ फागुन,काठमाडौं ।
नेपाली मुलकी जमुना गुरुङ यसबर्ष अष्ट्रेलियाको आठौं धनी महिला बनेकी छिन् । अष्ट्रेलियाको आर्थिक पत्रिका बिजनेश रिभ्यु विक्लीले आइतबार विश्व महिला दिवसको अवसर पारेर अष्ट्रेलियाका ३० सेल्फ मेडु धनी महिलाहरुको सूचि सार्वजनिक गरेको हो । जुन सूचिको आठौं स्थानमा जमुना छिन् ।
पत्रिकाले प्रत्येक बर्ष अष्ट्रेलियाका धनी व्यक्तिहरुको सुची सार्वजनिक गर्दै आएको छ । गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेकी श्रीमती रहेकी जमुना कुल १ सय ५ मिलियन डलर सहित गतबर्ष ११औं धनी महिला बनेकी थिईन् ।
यसबर्ष उनको सम्पती १ सय ५१ प्रतिशतले बृद्धि हुँदै २ सय ६४ मिलियन डलर पुगेको पत्रिकाले उल्लेख गरेको छ । पत्रिकाका अनुसार अष्ट्रेलियामा रहेर आफ्नै संघर्षमार्फत सम्पत्ति आर्जन गर्न सफल तीस महिलाको सूचि सार्वजनिक गरिएको हो ।
यस सूचिमा आफ्नो पुर्खाको सम्पतीबाट थप सम्पत्ति आर्जन गर्ने महिलाहरुलाई नसमेटिएको जनाइएको छ । जमुना अष्ट्रेलियामा मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, रियल स्टेट ब्यवसाय, नेपालमा निर्माणाधिन होटल व्यवसाय लगायतका ब्यवसायमा 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News