मलाई लट्ठ बनाउने अहिलेसम्म भेटेकी छैन : दिपाशा बीसी

पश्चिम नेपालको सुन्दर सहर सुर्खेतकी दिपाशा बीसी विगत पाँच वर्षदेखि अभिनय क्षेत्रमा सक्रिय छिन्। पाँच वर्षअघि नेपालगन्जमा सम्पन्न गोपीकृष्ण टिभी फिल्मीको रियालिटी शो ‘को बन्छ कलाकार’ मा छनौट भएपछि दिपाशाको काठमाडौं यात्रा तय भएको थियो। २० वर्षीय दिपाशा उक्त प्रतियोगिताको उत्कृष्ट २० सम्म पुगेर बाहिरिन्, तर त्यस क्रममा उनका लागि म्युजिक भिडियो तथा चलचित्रको ढोका खुलिसकेको थियो। द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले उनको अभिनय प्रतिभा चिनेकाले दिपाशा सोभित बस्नेतको चलचित्र ‘दुलही रानी’ मार्फत अभिनय क्षेत्रमा प्रवेश गरिन्।

सुर्खेतमै छँदा दर्जनौं सडक नाटकमा अभिनय गरिसकेकी दिपाशालाई पहिलो चलचित्रमा अभिनय गाह्राे भएन तर भूमिका सानो भएकाले उनी दर्शकको नजरमा परिनन्। ५ फिट ५ इन्च अग्ली दिपाशाले अघिल्लो वर्ष प्रदर्शन भएको चलचित्र ‘झेली’ बाट नायिकाका रूपमा डेब्यु गरिन्। त्यसयता उनले ‘चाल’, ‘गहिराइ’ तथा ‘ओएमजी’ शीर्षकका चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेकी छिन्। ‘प्रपोज’ उनले अभिनय गर्ने नयाँ चलचित्र हो।

दिपाशा बीसीको ग्ल्यामर फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्
गायक प्रमोद खरेलसहित थुप्रै गायक-गायिकाका ६० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी दिपाशा फुर्सदमा गीत रचना गर्छिन्। उनले रचना गरेको एउटा युगल गीत प्रमोद खरेल र अन्जु पन्तले गाएका छन्, जसको म्युजिक भिडियो निर्माण हुँदैछ।

दिपाशालाई आफ्नो शारीरिक बनावटभन्दा मुस्कान बढी मन पर्छ। ‘पहिलो भेटमै मेरो मुस्कानबाट लट्ठ हुनेहरू धेरै देखेकी छु, दिपाशाले रोमान्टिक मुडमा भनिन्— ‘तर मलाई लट्ठ बनाउने अहिलेसम्म भेटेकी छैन।’ चलचित्र तथा म्युजिक भिडियोको अभिनयलाई निरन्तरता दिइरहेकी विपाशा पछिल्लो समय महोत्सवहरूमा नृत्य प्रदर्शन गरिरहेकी छिन्। सारीमा सेक्सी देखिने दिपाशालाई फेसबुकमा भने ‘जलपरी दिपाशा’ नामबाट फेला पार्न सकिन्छ।

— कृष्ण भट्टराई – तस्बिर: कमल श्रेष्ठ/ग्ल्यामरनेपाल डटकम

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News