मापसे गर्ने १० जना विरुद्ध मुद्दा, सय जनाको लाइसेन्समा प्वाल

मापसे गर्ने १० जना विरुद्ध मुद्दा, सय जनाको लाइसेन्समा प्वाल

२९ फागुन, दाङ । दाङमा ट्राफिक प्रहरीले मदिरा सेवन गरेर गाडी चलाउने १० चालक बिरुद्ध सार्वजनिक मुद्धा चलाएको छ । मादक पदार्थ सेवन गरेर यात्रु बोकेको र मालबहाक सवारी चलाउने १० चालक विरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको हो । मुद्दा चलाइएका चालकहरुलाई जिल्ला प्रशासन कार्यालयले बयान र घटनाका आधारमा जनही १० हजार रुपैयाँ जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालले जानकारी दिए । सय जनाको लाइसेन्समा प्वाल यसैवीच मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकहरुको संख्या बढ्दै गएपछि चालक अनुमति पत्रमा प्वाल पर्ने अभियान समेत प्रहरीले सुरु गरेको छ । पुस महिनादेखि अहिले सम्म एक सय जना चालकको लाइसेन्समा प्वाल पारिएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । कारबाही स्वरुप जरिवाना गर्दा पनि अटेरी गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकको संख्या नघटेपछि चालक अनुमति पत्र लाइसेन्समा प्वाल पार्ने काम सुरु गरिएको थापाले बताए । यस्तै चालु आर्थिक बर्षको सात महिनामा जिल्लामा छ सय ६८ जना चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएँदा कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन, अत्यधिक गति, क्षमता भन्दा बढी यात्रु तथा सामानहरु बोक्दा दुर्घटना बढ्दै गएपछि प्रहरीले सवारी जाँचमा कडाई गरेको छ । ट्राफिक र जिल्ला प्रहरी कार्यालयका संयुक्त प्रहरीको समुहले दैनिक १६ स्थानमा नियमति सवारी जाँच गर्दैआएको छ । चालु आर्थिक बर्षको सात महिनामा जिल्ला भर ९१ वटा दुर्घटना हुदा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा एकसय २७ जना घाईते भएका छन् 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News