सर्वोच्च अदालतले गरेको फैसलाप्रति प्रचण्ड र वैद्यको आपत्ति

२६ फागुन, काठमाडौं ।
एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा(माओवादी अध्यक्ष मोहन वैद्यले सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाएका छन् । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगबारे द्वन्द्वकालमा भएका घटनाका सम्बन्धमा हुने कारबाहीका विषयमा सर्वोच्च अदालतले दिएको आदेशका विषयमा प्रचण्ड र किरणले संयुक्त वक्तव्य जारी गरेर आपत्ति जनाएका हुन् ।

सशस्त्र द्वन्द्वकालमा भएका गैरन्यायिक हत्या र मानवअधिकार उल्लंघनका गम्भीर प्रकृतिका घटनाका दोषीलाई माफी दिन नमिल्ने भनी सर्वोच्च अदालतले दिएको निर्णय सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको मर्म र भावनाविपरीत भएको टिप्पणी गरेको छ।
वक्तव्यमा फैसलाले सत्य अन्वेषण र मेलमिलापको विधिशास्त्रीय मान्यता एवम् सक्रमणकालीन न्यायको सिद्धान्त र मूल्य–मान्यतालाई आत्मसाथ गर्न सकेको पाइएन भन्दै सो व्याख्याको कारणले उब्जिएको शंका तथा अन्यौललाई हटाउन माग गरिएको छ।