करिअरमा सफल, प्रेममा कमजोर

लेखनमा विशेष रुचि र दख्खल भएकी गायिका तथा नायिका टेलर स्विफ्ट आफ्नो एल्बमका धेरैजसो गीत आफैं लेख्ने गर्छिन्। किशोरावस्थामा नै विश्वभर चर्चित बन्न पुगेकी टेलरको मुख्य रोजाइका विषय हुन्- गायन, रचना तथा लेखन। 
 
उनले भविष्यमा आफ्नो अटो बायोग्राफीसमेत लेख्ने बताएकी छन्। १२ वर्षको उमेरमा तीन सय ५० पेजको उपन्यास लेखेकी टेलरले त्यसलाई प्रकाशित भने गराएकी छैनन्।
टेलर ११ वर्षको उमेरदेखि नै गाउँथिन्। साथै उनी विभिन्न किसिमका भ्युजिकल बजाउन सक्छिन्। उनी गिटार, ब्यान्जो, पियानो, चारतारे गिटार, इलेक्ट्रिक गिटारजस्ता बाजा बजाउन सिपालु छिन्।
 
ब्रिट्नी स्पेयर्स र सानिया ट्विनबाट प्रभावित बनेकी टेलर हलिउडको प्रतिष्ठित अवार्ड ग्रामीका सातवटा अवार्ड हात पार्न सफल भइसकेकी छन्। साथै एघारवटा अमेरिकन म्युजिक अवार्ड, ६ वटा कन्ट्री म्युजिक एसोसिएसन अवार्डलगायत दर्जनौं अन्य अवार्ड हात पारिसकेकी छन्।
उनी लक्की नम्बर १३ मा विश्वास गर्छिन्। टेलरको घनिष्ठ साथी हुन्, सेलेना गोमेज। फेसनेबल र स्टाइलिस्ट टेलर रातो लिपस्टिक र बाक्लो मस्कारा लगाउन मन पराउँछिन्।
 
लभस्टोरी उनको पहिलो गीत तथा म्युजिक भिडियो थियो। उनको सर्वाधिक सफल कृति यही थियो। उनलाई म्युजिकल इन्डस्ट्रीमा यसैले स्थापित पनि गरायो। उनले यो गीत सन् २००८ मा ल्याएकी थिइन्।
 
गीतसंगीतमा सफल भए पनि प्रेमको मामलामा भने उनी कमजोर बनिन्। अहिलेसम्मको प्रेमजीवनमा १० जनासँग नाम जोडिए पनि कसैसँग लामो सम्बन्ध हुन सकेन।
 
उनको अफेयर गायक जोन मेयर, गायक ह्यारी स्टाइल, कोनो केनेडीलगायत अन्य थुप्रै व्यक्तिसँग जोडिएको छ। उनको कसैसँग एक वर्षभन्दा लामो सम्बन्ध रहेन। 
 
कसैसँग करिअरको प्रतिस्पर्धा, कसैसँग भौगोलिक रूपमा टाढा भएका कारण ब्रेकअप भएको टेलरले खुलासा गरेकी छन्। उनले सबै प्रेमीसँग सम्बन्धित गीत लेखेको र गाएको आरोप लगाइएको छ।
कसैसँग नराम्रो सम्बन्ध नचाहने टेलरको रिस गर्नेको कमी छैन। २००९ को ग्रामी अवार्ड हात पारेपछि कान्ये वेस्टले उनको आलोचना गरेका थिए। 
 

उनीहरूबीच बढेको शत्रुता हलिउडमा निकै छाएको थियो। यस वर्षको ग्रामीमा भने वेस्टले टेलरसँग मित्रताको हात बढाएका छन्। उनी परोपकारी काममा पनि त्यत्तिकै लागिपरेकी छन्। लाखौं रुपैयाँ दानस्वरूप दिएकी छन्

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News