निर्माता छविराज ओझा अहिले नायिका शिल्पा पोख्रेलप्रति क्रेजी

silpa-and-chabi
निर्माता छविराज ओझा अहिले नायिका शिल्पा पोख्रेलप्रति क्रेजी देखिएका छन् । एकपछि अर्को चलचित्रमा शिल्पालाई नै लिएपछि उनको क्रेज यी नायिकाप्रति देखिएको हो ।
तर, निर्माता छविराज ओझाले चलचित्र ‘किस्मत २’ का लागि शिल्पाको विकल्प खोजेका थिए । चलचित्र ‘किस्मत २’मा सुरुवातमा नायिका शिल्पालाई लिने कुरा थिएन । छवि ओझाले निर्देशक श्याम भट्टराइलाई अरु नै नायिका खोज्न भनेका थिए । श्यामले पनि थुप्रै यूवतीसँग चलचित्र खेल्ने बिषयमा कुरा गरे ।
जसमा ‘लभ बर्ड’बाट चलचित्रमा डेब्यू गर्न लागेकी मोडल बर्षा राउत पनि थिइन् । बर्षाले श्यामको फोनको जवाफ नफर्काएपछि छविले शिल्पा नै फाइनल भएको बताएका थिए । छवि चाहन्थे, यो चलचित्रमा कुनै नयाँ अनुहारले अभिनय गरुन् ।
बषर्ाले आफ्नै साथी रहेको क्याम्पमा छुरा हान्न नजाने भन्दै श्यामको फोन नउठाएको बताइन्छ । तर, अन्य नयाँ नायिका नभएपछि शिल्पालाई नै पक्का गरिएको थियो । शिल्पाको जन्मदिनमा छविले उपहार भन्दै चलचित्रमा अभिनय गराउने घोषणा गरेका थिए । यो चलचित्रको छायांकन वैशाख २ गतेबाट सुरु हुँदैछ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News