रजिनाको 'पानीको फोका' उर्लाबारीमा
Sunday 8th of February १
उर्लाबारी, २५ माघ, मोरङको उर्लाबारीमा सञ्चालित ‘उर्लाबारी रिमझिम महोत्सव’ मा शनिबार गायिका रजिना रिमालले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी छिन् । गायिका रिमालले विभिन्न गीत गाएर दर्शकलाई मनोरञ्जन दिएकी हुन् । आधुनिक तथा विभिन्न चलचित्रका गीतहरु गाएर चर्चामा पुगेकी गायिका रिमालले आफ्नो सुमधुर स्वरमा थुप्रै गीतहरु गाएकी थिइन् ।
गायिका रिमालले 'पानीको फोका...’, 'तिम्रो खुसीमा सधै...', 'पागल म बन्न सक्छु...', 'नाइ नभन्नु ल...', 'जुनको ज्योति...', 'सयौं जुनी पाउन सकिन्छ सकिन्न...' लगायत एक दर्जन गीत गाएर दर्शकडीर्घालाई मनोरञ्जन दिलाएकी थिइन् । साँझ ६ बजेदेखि सुरु भएको सांस्कृतिक कार्यक्रम राती ९ बजेसम्म चलेको थियो ।
यसअघि गायक धिरज राईले पनि उर्लाबारी रिमझिम महोत्सवमा दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । नेपाली माइकल ज्याक्सनको रुपमा चिनिएका राईले 'लुकीलुकी आँखा तिमी...' लगायत आधा दर्जन गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । यस्तै गायिका प्राश्ना शाक्यलगायतले समेत महोत्सवमा आफ्नो प्रस्तुती देखाइसकेका छन् । सञ्चार क्लब नेपाल, उर्लाबारीको भवन निर्माण सहयोगार्थ महोत्सव सञ्चालन भइरहेको छ । यही माघ २१ गतेदेखि सञ्चालित महोत्सव १५ दिनसम्म सञ्चालन हुने आयोजक सञ्चार क्लब, नेपालका अध्यक्ष रुपेन्द्र शेर्माले बताएका छन् ।